Thu. Mar 6th, 2025

भ्रष्टाचार, कालोबजारी, मुल्यवृद्धि, भुकम्प पीडितलाई शीघ्र राहतको माग गर्दै नयाँ शक्ति पार्टी धादिङद्धारा ज्ञापनपत्र

gyapan

२ असोज, धादिङ – भ्रष्टाचार, कालोबजारी, मुल्यवृद्धि, भुकम्प पीडितलाई शीघ्र राहतको माग गर्दै नयाँ शक्ति पार्टी नेपाल जिल्ला सम्मेलन आयोजक समिति धादिङले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

नयाँ शक्तिले देशको जल्दोबल्दो समस्याहरुलाई राजनीतिक पक्ष, आर्थिक सामाजिक पक्ष, भूकम्प पीडितलाई राहत तथा पुननिर्माण–नवनिर्माण, विकास–निर्माणतर्पm, राष्ट्रियता सम्बन्धमा, शान्ति प्रक्रियासँग सम्बन्धित र समसामयिक सवालहरु अन्तर्गत राखेर विस्तृत ज्ञापनपत्र बुझाएको हो ।

जनताका दैनिक जीवनसँग सम्बन्धित समस्या समाधान गर्न तथा विभिन्न क्षेत्र, पक्ष, समुदायहरुबाट उठेका हक, अधिकारसम्बन्धी जायज माग तुरुन्त सम्बोधनको माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ । सार्वजनिक यातायातलाई व्यवस्थित र सुरक्षित बनाउँदै बजारमा व्याप्त कालोबजारी र महंगी नियन्त्रण गर्न देशभर स्पेशल टाक्स फोर्स ‘एसटीएफ’ बनाउन र महिला, दलित, बालबालिका, यौनिक तथा लैंगिक अल्पसंख्यकमाथि भइरहेको हिंसा मानवअकिार बिरुद्धको गम्भीर अपराध भएकोले तत्काल यसको अन्त्य गर्न कठोर कदम चाल्नससमेत सरकारसमक्ष माग गरेको छ । ज्ञापनपत्र बुझाउनु अघि जिल्ला प्रशासन कार्यालय प्राङ्गणमा आयोजित कोण सभालाई सम्बोधन गर्दै नयाँ शक्ति पार्टी नेपालकी नेतृ एवं् पूर्व विज्ञान तथा प्रविधि मन्त्री कल्पना धमलाले जनताका दैनिकीसँग सम्बन्धित आफ्ना मागहरुलाई तुरुन्त पूरा नगरे आफूहरु अझ सशक्त आन्दोलनमा उत्रिने बताउनुभयो ।

धमलाले जनताका समस्यामा भन्दा प्रमुख दलहरु सत्ताको खेलमा लागेको आरोप लगाउनुभयो । ज्ञापनपत्रबुझ्दै प्रमुख जिल्ला अधिकारी विश्वप्रकास सुवेदीले जस्ताकोतस्तै प्रधानमन्त्री कार्यालयमा जानकारी गराउने र पेश गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । नयाँशक्ति पार्टीले आज धादिङ लगायत ७५ वटै जिल्लाहरु मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । आर्थिक विकास र समृद्धिका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन ठोस कार्ययोजना निर्माण गरी काम गर्न ज्ञापनपत्रमार्फत सरकारसँग माग गरिएको छ ।

About The Author

अन्य समाचारहरु: