२ असोज, धादिङ – अर्जेन्टिनाका स्टार स्ट्राइकर लिओनल मेसी निर्दयी बन्न पुगेपछि पहिलो पल्ट स्पेनिस ला लिगा खेलिरहेको लेगानेस क्लब ५–१ गोल अन्तरले बार्सिलोनासँग पराजित भएको छ।
दक्षिण म्याड्रिडको यो सानो क्लब यही सिजनदेखि ला लिगाको पहिलो श्रेणीको प्रतियोगिता खेल्दैछ। मेसीले २, ब्राजिली स्ट्राइकर नेइमार र राफिना, उरुग्वेका लुइस सुआरेजले १–१ गोल गरेपछि बार्सिलोनालाई खेल जित्न त्यति सघर्ष गर्नु परेन्। मेसीको पछिल्लो ५ दिनमा २ खेलमा यो पाँचौ गोल हो। मेसीले च्याम्पियन्स लिगमा सेल्टिकविरूद्ध ७–० ले विजयी खेलमा हयाट्रिक गरेका थिए।
विश्वको सफल क्लब बार्सिलोनाविरूद्धको खेल हेर्न लेगानेसका १० हजार दर्शक रंगशाला पुगेका थिए। गत साता आल्भेसविरूद्धको खेलमा मेसी र सुआरेजलाई ढिलो मैदानमा प्रवेश गराउदा बार्सिलोनाले २–१ गालले खेल गुमाउनु परेको थियो।