Thu. Feb 27th, 2025

रासायनिक विषादीको सट्टा जैविक विषादीमा जोड

krisi
१ असोज,  धादिङ – व्यवस्थापिका संसद सचिवालय कृषि तथा जलस्रोत समितिका संयोजक सांसद रामेश्वर दुङगेलले रासायनिक विषादीको सट्टा जैविक विषदीको प्रयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

जिल्ला कृषि विकास कार्यलय र जिल्ला पशुसेवा कार्यलय धादिङको आयोजनामा शनिबार धादिङबेसीमा आयोजना गरेको व्यवस्थापिका संसद सचिवालय कृषि तथा जलस्रोत समिति विषादी कृषि विकास एवम् पशुपन्छि विकास र किसानहरुसँगको अन्र्तक्रिया कार्यक्रममा किसानहरु आफैले रासायनिक मलको प्रयोग गर्ने गरेको स्वीकारेका छन् । रासायनिक विषादीको विकल्पमा जैविक विषादी नभएको गुनासो गरेका छन् ।

कार्यक्रममा विषादी प्रयोग गर्दा सुरक्षितका सामग्रीहरु गाँउमा उपलब्ध नभएको र जानकारी समेत नभएको, जिल्ला तथा केन्द्र तहमा मात्र कार्यक्रमले विषादीयुक्त समाज निर्माण गर्न नसक्ने बताएका छन् ।

नेपालमा प्रतिबन्धित गरेका विषादीहरु एग्रोभेटहरुमा अझै पनि पाइने गरेको र आफुहरुलाई जानकारी नहुँदा त्यहि विषादी नै प्रयोग गर्न बाध्य भएको किसानहरुको भनाई छ । किसानहरुले अर्गानिक कृषि कर्मलाई पुरस्कृत गर्नुपर्ने माग गरेका छन् ।

सांसदहरुले किसान आफैले जैविक मल उत्पादन गरेर खेतबारीमा हाल्न आग्रह गरेका छन् । आफूहरुले नेपालको कउषिको अवस्था कस्तो छ, कस्तो नीति नियम बनाउनुपर्छ भनेर अध्ययन गरिरहेको समेत बताए ।

About The Author

अन्य समाचारहरु: