३० भदौ, धादिङ – अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले सार्वजनिक गरेको यस महिनाको फिफा वरियतामा नेपाल २ स्थानमाथि उक्लिएको छ।
फिफाको नयाँ वरियतामा नेपाल १ सय ८६ स्थानमा पुगेको छ। गत महिना नेपाल १ सय ८८ स्थानमा थियो।
दक्षिण एसियामा भने नेपालको स्थान पाँचौमा छ। यो क्षेत्रमा भारत १ सय ४८ वरियतासहित पहिलो स्थानमा छ। अफगानिस्तान १ सय ८९ अंकले दोस्रो, माल्दिभ्स १ सय ६५ अंकका साथ तेस्रो र बंगलादेश १ सय ८५ अंकका साथ चौथो स्थानमा छ।
नेपालपछि भुटान १ सय ८९ अंकका साथ छैटौं स्थान, श्रीलंका १ सय ९३ अंक साथ सातौं र पाकिस्तान १ सय ९४ अंकसहित आठौं स्थानमा छ।