Wed. Feb 26th, 2025

गायक सुनील बर्देवाको निधन

?????????????????????????????????????????????????????????

२९ भदौ, धादिङ – गायक तथा संगीतकार सुनील बर्देवाको मंगलबार बेलुकी निधन भएको छ ।

कलेजोको समस्याबाट पीडित उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको गीतकार तथा सञ्चारकर्मी भूपेन्द्र खड्काले जानकारी दिए । जब म निद्रामा हुन्छु, गोरेटो अनि उस्तै छ गल्ली, बिहानीमा अनि साँझमा लगायत थुप्रै गीतबाट चर्चित संगीतकर्मी बर्देवा आफ्नो समयका चर्चित पप संगीतकर्मी थिए ।
उनका गोरेटो अनि उस्तै छ गल्ली, बिहानीमा अनि साँझमा, जब म लगायतका गीत निकै चर्चित छन् ।
एक छोरा र एक छोरी रहेका उनको श्रीमतीको केही वर्षअघि नै निधन भइसकेको छ ।

About The Author

अन्य समाचारहरु: