Sat. Mar 15th, 2025

धादिङ समाज जापानको अध्यक्षमा खनाल, महासचिवमा लोहनी चयन

dhading-samaj-japan२७ भदौ, धादिङ – धादिङ समाज जापानको दोस्रो अधिवेशनले कृष्णप्रसाद खनालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

गत आइतबार टोकियोको सिनओकोबुस्थित नेपाली मुरा हलमा सम्पन्न अधिवेशनले समाजका विगतका गतिविधिमाथि छलफल गर्दै समाजलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धताका साथ खनालको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा श्यामहरि तिमिल्सिना, लक्ष्मी पाण्डे र विनोद खतिवडा रहेका छन् भने महासचिवमा दिनेश लोहनी, सचिवमा विमल श्रेष्ठ र कोषाध्यक्षमा राम सिंखडा चयन भएका छन् । यस्तै सदस्यहरूमा विष्णुकुमार श्रेष्ठ, सुमन थापा, साजन बस्ताकोटी, अनिता तिमिल्सिना, शङ्कर रिमाल, सन्तोष तिवारी, पार्वती ढकाल ‘न्यौपाने’ र फणिकान्त आचार्य रहेका छन् ।

धादिङ समाज जापान धादिङ जिल्लाका विभिन्न स्थानहरूबाट विभिन्न उद्देश्यले जापानमा बसोबास गर्दै आएका धादिङेहरूको संस्था हो । भैपरी आउने समस्याहरू समाधान गर्ने तथा धादिङका भौतिक विकास एवम् सामाजिक क्षेत्रमा योगदान दिने उद्देश्यले सन् २०१३ मा जापानमा संस्थाको स्थापना भएको हो ।

About The Author

अन्य समाचारहरु: