२७ भदौ, धादिङ– सदन बैठकमा आफ्नो कुरा राख्दै धादिङ क्षेत्र नम्बर २ का सांसद गुरु प्रसाद बुर्लाकोटीले धादिङको सम–सामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
सदन बैठकको शुन्य समयमा बोल्दै सांसद बुर्लाकोटीले उत्तरी धादिङको रि र दार्खा गाऊँ विकास समितिमा पहिरोका कारण विस्थापित भएका ४६ घरधुरीको व्यवस्थापनका निमित्त सरकार तत्काल लाग्नुपर्ने बताए । सुरक्षित बसाइ खोज्दै विद्यालयमा रहँदै आएका ति परिवार र केहि दिन अघि गुम्दीमा गएको पहिरोमा परि बेपत्ता भएका युवककको क्षतीपुर्ती व्यवश्थापनका विषयमा उहाँले सरकारको ध्यानाकर्षण गराए ।
त्यस्तै घर बनाऊनका लागि रकमको व्यवस्था भए पनि सुरक्षित जग्गा नभएर घर बनाऊन नपाएका भुकम्प पिडितको व्यवश्थापनमा पनि सरकारले यथाशिघ्र योजना बनाऊनुपर्ने बुर्लाकोटीले बताए बुर्लाकोटीले व्यङ्ग्यात्मक शैलीमा भने– “बुढो रुख पाल्न सक्ने तर जनता पाल्न नसक्ने कस्तो सरकार ?” भुकम्प पिडित जनताको व्यवश्थापनमा सरकार पछि हट्ने होइन टुँडीखेल या सिंहदरबार मै भए पनि जनताको व्यवश्थापन गर्नुपर्नेमा उनले जोड दिए ।
त्यस्तै धादिङका अर्का सांसद दिलमान पाख्रिनले गुनाशो कार्यन्वयनका विषयमा सरकारले गरेको ढिलासुस्तीले भुकम्प पिडित जनताले खेप्नुपरेको समस्याका विषयमा सरकारको ध्यानाकर्षण गराए । नाम छुटेका वास्तविक भुकम्प पिडितको पहिचान तथा सहज रुपमा अनुदान वितरणमा सरकार लाग्नुपर्ने पाख्रिनले बताए ।
अडियो सुन्नुहोस्
गुरुप्रसाद बुर्लाकोटी
दिलमान पाख्रिन