२६ भदौ, धादिङ –संसद बैठकको शुन्य समयमा बोल्दै धादिङ क्षेत्र नम्वर २ का सांसद गुरुप्रसाद बुर्लाकोटीले धादिङमा १९ प्रतिशत भुकम्पपीडितहरु आवास निर्माणको लागि अनुदानको रकम पाउने सुचिबाट छुटेको प्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।
एऊटै गाविसका ४० प्रतिशत सम्मका भुकम्प पिडित आनुदान पाउन योग्य सुचिमा नपरेको उनले सदन मार्फत जानकारी गराए ।
नामावलीमा नाम छुटेका भुकम्प पीडितहरुले गुनासो फारम भरिसकेका छन् । तर, गुनासो फारम मात्र भर्ने होइन त्यसको छानबिन गरि छिट्टो सम्बोधन गर्न सांसद बुर्लाकोटीले आग्रह गरेका छन् ।
यसैगरि जग्गाधनी पुर्जा एउटै भएका तर छुट्टै बसेका भुकम्प पीडितलाई त्यही जगाधनी पुर्जामार्फत राज्यले कडाइ गर्न नहुने, सुकुम्बासीलाई आवास निर्माणको लागि विनासर्त राहत दिनुपर्ने तथा यथासक्य छिटो भुकम्प पीडितहरुको लागि राज्यले आवास निर्माणमा सहयोग गर्नुपर्ने बताए ।
अडियो सुन्नुहोस्