Tue. Nov 26th, 2024

बुढीगण्डकी आयोजनाको वातावरणीय व्यवस्थापनमा ६१ अर्ब लाग्ने

budigandaki-
२६ भदौ, धादिङ  धादिङ र गोरखाको बीचमा रहेको १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजनाको वातावरणीय व्यवस्थापनका लागि ६१ अर्ब २० करोड ६४ लाख ५० हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ । बुढीगण्डकी आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार आयोजना बनाउन २ खर्ब ५५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

फ्रान्सेली कम्पनी ट्रेक्टावेल इञ्जिनियरिङले तयार पारेको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन ९इआइए रिपोर्ट०मा यस्तो देखिएको हो ।

प्रतिवेदनअनुसार आयोजना बनेपछि १५ वर्षसम्म वार्षिक ६२ करोड २७ लाख १० हजार रुपैयाँ राजस्व आम्दानी हुने र १६ औं वर्षदेखि वार्षिक ३ अर्ब ७१ करोड ३५ लाख ७० हजार रुपैयाँ राजस्व आम्दानी हुनेछ ।

फ्रान्सेली कम्पनी ट्रेक्टावेल इञ्जिनियरिङको नेतृत्वमा नेपालका जेड कन्सल्ट र नेपाल इन्मारोन्मेण्टल एण्ड साइन्टिफिक सर्भिसज प्रा.लि. को संयुक्त समूहले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार पारेको हो ।

वातावरणीय व्यवस्थापनका लागि १ अर्ब ८९ करोड ६५ लाख ४० हजार रुपैयाँ भौतिक वातावरणमा, ३ अर्ब ३४ करोड २४ लाख १० हजार रुपैयाँ जैविक वातावरणमा र ५२ अर्ब १५ करोड ८५ लाख २० हजार रुपैयाँ सामाजिक वातावरणमा खर्च हुने उल्लेख छ ।

त्यस्तै, वातावरणीय सुपरिवेक्षण तथा संपरिक्षणमा अनुमानित ३ करोड २९ लाख ४० हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ । वातावरणीय तथा सामाजिक व्यवस्थापन कार्यान्वयन तथा भैपरि आउने रकम समेत ३ अर्ब ७७ करोड ६० लाख ५० हजार रुपैयाँ रहेको छ ।

About The Author

अन्य समाचारहरु: