Thu. Mar 6th, 2025

नेपालमा प्रथम अन्तराष्ट्रिय मार्सल आर्ट सम्मेलन सम्पन्न

????????????????????????????????????

२५ भदौ, धादिङ – नेपालमा पहिलो पटक सुरक्षात्मक कुरुदय मार्सल आर्ट सम्मेलन सम्पन्न भएको छ ।

नेपालको इतिहासमै पहिलो पटक नेदरल्याण्ड, श्रीलंका भारतलगायतका देशबाट आएका मार्सल आर्टका विज्ञहरुको सहभागितामा स्कुल तथा क्याम्पसका विद्यार्थीहरुलाई लक्षित गरी सुरक्षात्मक मार्सल आर्टको सम्मेलन गरिएको आयोजक समितिले जनाएको छ ।

नेदरल्याण्डबाट आएका प्रोफेसर हाङ्सी के जी फाउण्डर अफ कुरुदय मार्सल आर्टका १० डन, साउथ एशियाको अडिनेटर श्रीलङ्काबाट आएका नादित्य सोहिसा सिंहान ६ डन, कुरुदय मार्सल आर्ट नेपालका अध्यक्ष तथा प्रमुख प्रशिक्षक धिरबहादुर विष्ट (धिरेन) ५ डान, कुरुदय मार्सल आर्टका प्रशिक्षक राजु पौडेल, भारत र मार्सल आर्ट प्रशिक्षक सुरेन्द्र सिंह विष्ट सहभागी रहेको सम्मेलनमा विभिन्न विद्यालय तथा क्याम्पसका किशोर किशोरीहरुलाई आक्रमणकारीहरुबाट कसरी आत्मारक्षा  गर्न सकिन्छ भन्ने विभिन्न किसिमका कला सिकाईएको थियो ।

प्रमुख अतिथि अधिवक्ता राजेन्द्रसिंह भण्डारीले सम्मेलनमा बोल्दै भने, नेपालमा आत्मरक्षात्मक कला सम्बन्धि कुरुदय मार्सल आर्ट नभएको र आवश्यक रहेको महसुस गरी सबै तह र तप्काका व्यक्तिहरुलाई प्रशिक्षित गर्ने उद्देश्यले नेपालमा शुभारम्भ गरिएको हो ।

सम्मेलनमा मार्सल आर्टका प्रमुख प्रशिक्षक धीरबहादुर विष्टले मेरिटेशन, योगध्यानबाट दिमागी सचेतना, शारीरिक तन्दुरुस्तीसहित आत्मारक्षात्मक मार्सल आर्ट सिकाई कुनैपनि अवस्थामा आफूलाई आत्मरक्षाका लागि तयार भएर हिँड्न सक्ने बनाउने जानकारी दिए ।

About The Author

अन्य समाचारहरु: