Sat. Nov 16th, 2024

सम्पूर्ण व्यवसायीहरुलाई धादिङ उद्योग वाणिज्य संघको अत्यन्त जरुरी सुचना

dhading-chamber-of-commerce-industry-2-copy
आन्तरिक राजश्व कार्यालय, वाणिज्य विभाग तथा जिल्ला प्रसासन कार्यालय लगायत सम्वन्धीत निकायवाट अनुगमन कार्य तिव पारिएकोेले निम्नानुसारको कार्यका लागि ध्यानाकर्षण गराईन्छ ।

–    सम्वन्धीत निकायमा दर्ता गरेर तथा इजाजत लिएर व्यवसायीक कारोवार शुरु गरौं ।
–    मदिरा, सुर्तिजन्य पदार्थ कारोवार गर्नेहरुले अन्तःशुल्क इजाजत पत्र लिएपछिमात्र कारोवार गरौं ।
–    व्यवसाय स्थलमा उपभोक्ताले देख्ने स्थानमा विक्री गर्ने सामानको मुल्य सुची, करपाटी तथा दर्ता प्रमाण पत्र अनिवार्य राखौं ।
–    सामानको उपभोग गर्ने मिति हेरी उपभोग गर्न म्याद सकिएका सामानहरु विक्री नगरौं ।
–    विल विजक लिने दिने वानी गरौं ।
–    इष्टमेट विलको प्रयोग नगरौं ।
–    भ्याटमा दर्ता हुनेहरुले खरिद, विक्री तथा स्टक खाता अध्यावधिक गर्रौ ।
–    हरेक वर्षको असोज मसान्त भित्रमा आयकर तथा आयविवरण पेश गरौं ।

थप जानकारीको लागि
धादिङ उद्योग वाणिज्य संघ
नीलकण्ठ न.पा. ३, धादिङ
फोन नं. ः ०१०५२०१२०

About The Author

अन्य समाचारहरु: