२४ भदौ, धादिङ – फ्रान्समा केबलकारको यात्रा गर्ने क्रममा ४५ जना यात्रु तीन हजार आठ सय मिटर उचाईमा फसेका छन् ।
केबलकारको तार बेरिएर अड्किंदा आल्प्स पहाडमा ४५ जना यात्रु केबलकारमा अलपत्र परेका हुन् । फ्रान्सका अधिकारीका अनुसार केबलकारमा एक सय १० यात्रु फसेका र त्यसमध्ये ६५ जनाको हेलिकोप्टरमार्फत उद्दार गरिएको छ । तर रात परेपछि उद्दार कार्य रोकिएकाले ४५ जनाको उद्दार हुन सकेको छैन ।
केबलकारको तार आपसमा बेरिएकाले बिचमै रोकिएको स्थानीयसञ्चार माध्यमले जनाएका छन् । तीब्र गतिमा चलेको हावाका कारण केबलकारको तार आपसमा बेरिएको उनीहरुको भनाई छ । केबलकार कम्पनीले फसेका यात्रुहरुसँग निरन्तर सम्पर्क भइरहेको बताएका छन् ।