२४ भदौ, धादिङ– चेक गणतन्त्रकी कारोलिना प्लिसकोभा युएस ओपन टेनिसको फाइनल प्रवेश गरेकी छिन् ।
शुक्रबार विहान भएको खेलमा विश्व नम्बर १० कारोलिनाले विश्व नम्बर एक अमेरिकी सेरेना विलियम्सलाई हराउँदै उपाधि यात्रा कायमै राखेकी हुन् । ६ पटककी विजेता सेरेना कारोलिनासंग ६–२ र ७–६ ले निराश बनिन् ।
सेरेना सिमोना हालेपलाई हराएर अन्तिम चारमा पुगेकी थिइन् । कारोलिनाले अब उपाधिका लागि वाज्नियाकी र एन्जलिका कर्बर र कारोलिन वाज्नियाकीबिचको खेलको विजेतासंग खेल्नेछिन् ।