२३ भदौ, धादिङ – प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान कार्यान्वयनलाई मुख्य प्राथमिकतामा राखेको बताएका छन् ।
बिहीबार व्यवस्थापिका संसदमार्फत राष्ट्रको नाममा सम्बोधन गर्दै उनले २०७४ साल माघ ७ गतेभित्र निर्वाचन गराएरै छाड्ने बताए ।
असोज मसान्तभित्र स्थानीय तहको संख्या टुंगो लगाइसक्ने प्रतिबद्धता जनाए । आन्दोलनरत पक्षको समस्या समाधानमा आफु नेतृत्वको सरकार लागि परेकाले राष्ट्रियताको परिधिमा रहेर समाधान खोज्ने प्रयास भैरहेको प्रधानमन्त्री दाहालले बताए ।