Tue. Nov 26th, 2024

धादिङ सहित देशभर ३७ औं शिक्षा दिवस मनाईंदै

२३ भदौ धादिङ – आज ३७ औँ शिक्षा दिवस धादिङ सहित देशभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाईदै छ ।  समृद्ध राष्ट्र निर्माणका लागि जीवन उपयोगी शिक्षामा लगानी भन्ने नाराका साथ  दिवस मनाउन लागिएको हो ।
तत्कालीन राजा वीरेन्द्रले निःशुल्क र अनिवार्य प्राथमिक शिक्षाको घोषणा गरेको दिनको सम्झनामा वि.स. २०३१ सालदेखि फागुन १२ गते मनाउने गरिएको राष्ट्रिय शिक्षा दिवस गणतन्त्र स्थापना भएपछि अन्तर्राष्ट्रिय साक्षरता दिवसको दिन पारेर मनाउन थालिएको हो ।

राष्ट्रिय जनगणना, २०६८ ले नेपालमा भण्डै ३० प्रतिशत निरक्षर रहेको तथ्याङ्क सार्वजनिक गरेको थियो । निरक्षरलाई साक्षर बनाउन सरकारले औपचारिक र अनौपचारिक शिक्षा कार्यक्रम अन्तर्गत विभिन्न अभियान चलाइरहेको छ । तर सन् २०१५ अर्थात पोहोरसम्म नेपाललाई पूर्ण साक्षर घोषणा गर्ने लक्ष्य भएपनि अझै पूरा हुन सकेको छैन ।

अहिलेसम्म २९ जिल्ला पूर्ण साक्षर घोषणा भएका छन्। यो वर्षको अन्त्यसम्ममा ५३ जिल्ला पूर्ण साक्षर घोषणा भइसक्ने अनौपचारिक शिक्षा केन्द्रले दावी गरेको छ ।

About The Author

अन्य समाचारहरु: