Thu. Mar 6th, 2025

‘स्वतन्त्र गुट’ अस्तित्व खोज्दै सिटौला

sitaula
२१ भदौ, काठमाडौं- भदौको अन्तिम साता हुने महिला संघ र असोज पहिलो साता हुने तरुण दलको महाधिवेशनमा कांग्रेसको कृष्णप्रसाद सिटौला पक्षले एकल चुनाव लड्ने भएको छ ।

कांग्रेसमा ‘स्वतन्त्र गुट’ को अस्तित्व स्थापित गर्न सिटौला पक्षले तरुण दल र महिला संघमा एकलै निर्वाचन लड्ने तयारी गरेको हो ।त्यसका लागि सिटौला पक्षले तरुण दल र महिला संघको चुनावको गृहकार्यलाई निकै तीव्र बनाएको छ ।

सिटौला पक्षधर नेताले तरुण दल र हिला संघको चुनावमा एक्लै लडेर आफ्नो शक्ति देखाउने तयारी गरेका छन ।

सिटौला पक्षधर लनेताहरुले सोमबार काठमाडौंमा तरुण दलका महाविशन प्रतिनिधिहरुको बृहत भेला गरेको थियो । यसैगरी सिटौला पक्षले केही दिनअघि महिला संघका महाधिवेशन प्रतिनिधिको भेला गरेको थियो । सिटौला पक्षधर नेताहरु नेविसंघ महाधिवेशनपछि उत्साहित भएका छन । राजधानी दैनिकबाट

About The Author

अन्य समाचारहरु: