Thu. Mar 6th, 2025

स्पेनले ठोक्यो ८ गोल

football२१ भदौँ,  धादिङ– स्पेनले शानदार जितका साथ विश्व कप २०१८ को छनौट अभियान सुरु गरेको छ ।  समूह जीमा रहेको स्पेनले सोमबार राति भएको खेलमा लिंकटेन्सटाइनलाई ८–० ले हराएको हो ।

यो खेलमा पहिलो हाफमा १ गोल गरेको स्पेनले दोस्रो हाफमा लिंकटेन्सटाइनको पोस्टमा थप सात गोल र्गयो । स्पेनका लागि डेविड सिल्भाले ह्याट्रिक गरे भने डिएगो कोस्टा र अल्भारो मोराटाले दुई दुई तथा सेर्गी रोबर्टो र विटोलोले एक एक गोल गरे ।
१० औं मिनेटमा कोस्टाले गोल गर्दै स्पेनलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । ५५ औं मिनेटमा रोबर्टो, ५९ औं मिनेटमा सिल्भा तथा ६० औं मिनेटमा विटोलोले गोल गरेपछि स्पेनको अग्रता ४–० मा पुग्यो । ६६ औं मिनेटमा कोस्टाले व्यक्तिगत दोस्रो गोल गरे ।

About The Author

अन्य समाचारहरु: