Tue. Mar 4th, 2025

मेस्सीलाई पछि पार्दै रोनाल्डो शीर्ष स्थानमा

Messi-Ronaldo-Neymar-FIFA.vadapt.767.high.22
१८ भदौ, धादिङ – फुटबलको अन्तर्राष्ट्रिय प्रशासकीय निकाय फिफाको ‘फिफा १७’ का उत्कृष्ट ५० खेलाडीको नाम सार्वजनिक भएको छ ।

इए स्पोर्टसले ‘फिफा १७’ का उत्कृष्ट ५० खेलाडीको नाम सार्वजनिक गरेको हो । ‘फिफा १७’ सेप्टेम्बर २७ मा सार्वजनिक हुँदैछ । यो फिफाको आधिकारीक भिडियो गेम हो ।

यसलाई इए स्पोर्टसले बनाएको छ । यो भिडियो गेमको अघिल्लो संस्करणमा लियोन मेस्सी पहिलो स्थानमा थिए । तर अहिले उनी शीर्ष स्थानमा कायम छन् छैनन्  इएले सार्वजनिक गरेको उत्कृष्ट ५० खेलाडीमा रियल मड्रिडका क्रिष्टियानो रोनाल्डो शीर्ष स्थानमा छन् । मेस्सी दोस्रो तथा नेइमार तेस्रो स्थानमा छन् । इएले एक वर्षभित्रमा खेलाडीको लिग र कप प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा खेलाडी छनौट गरिएको हो ।

About The Author

अन्य समाचारहरु: