१५ भदौ, धादिङ- सरकारले दिने भनेको २ लाख रुपैँयाको अनुदान सम्झौता गर्न नपाएपछि प्रस्तावित जलाशययुक्त बुढी गण्डकी प्रभावित क्षेत्रका स्थानियहरु चिन्तित भएका छन् ।
पछि डुवानमा पर्ने भएकाले डुवान क्षेत्रमा पर्ने गाविसका वडाहरुमा सरकारले नै अहिले अनुदान सम्झौताका कामहरु रोकेकाले उनीहरु चिन्तित भएका हुन् ।
विनाशकारी प्रलय पछि पनि सरकारले आफुहरुलाइ अन्याय गरेको र पाउन लागेको सुविधा पनि रोकेको भन्दै धादिङको प्रभावित क्षेत्रका स्थानियहरुले प्रमुख जिल्ला अधिकारी समक्ष गुनासो राखेका छन् ।
प्रभावित क्षेत्रका बासिन्दाहरु बुढी गण्डकी परियोजना बनाउनुपर्छ भन्नेमा सदैव एक मत रहेपनि राज्यले त्यसको सम्मान गर्न नसकेको स्थानियहरुले बताएका छन् ।
पुननिर्माण प्राधिकरणले २ लाख रुपैया दिने भनेर सवै गाउँ विकास समितिमा अनुदान सम्झौता गराएपनि बुढीगण्डकी प्रभावित क्षेत्रहरुमा भने सम्झौता हुन सकेको छैन । एउटै गाविसका अन्य वडाका पिडितहरुले चाँहि घर बनाउन २ लाख रपैया पाउने अनि बुढीगण्डकी क्षेत्रका बासिन्दाले चाहि नपाउने भन्दै उनीहरुले आपत्ति जनाएका हुन् ।