Thu. Mar 6th, 2025

तरुण दल र महिला संघ कब्जा गर्न होडबाजी

१४ भदौ, काठमाडौं- तरण दल र महिला संघको नेतृत्व कव्जा गर्न काग्रेस सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरुले गृहकार्य थालेका छन ।

नेपाल विद्यार्थी संघको अधिवेशन सकिएसँगै भातृ संगठन तरुण दल र महिला संघको नेतृत्व आफूअनुकुल बनाउन नेपाली कांग्रेसका शीर्ष नेताबीच होडबाजी सुरु भएको छ ।

नेताहरुबीच महिला संघमा भन्दा तरुण दलका आकर्षण बढी देखिएका कारण पनि तरुण दल कव्जाको होडबाजी थप उत्कर्षमा पुगेको छ ।

तरुण दलको २२ जिल्लामा अधिवेशन हुन सकेको छैन । सोमबार दुई जिल्लाको अधिवेशन समपन्न भएका छन् । आगमी २० भदौभित्र सबै जिल्लामा जिल्ला अधिवेशन गरिसक्ने निर्णय केन्द्रीय समितिले गरेको छ ।

आगमी २४  देखि २६ गते पोखराामा तरुण  दलको महाधिवेशन हुने कार्यक्रम तय भएको छ ।

सभापति देउवाले तरुण दलको महाधिवेशन गर्न बालकृष्ण खाँड र महिला संघको महाधिवेशन गर्न एनपी साउदको संयोजकत्वमा निर्दैशन समति गठन गरेका छन् ।

तर, खाँड संयोजकत्वका गठित समितमै विवाद देखिएको छ । देउवाले समितमा विश्वप्रकाश शर्मा र महेन्द्र यादवलाई थप गरे पछि पौडेल पक्षधर नेताहरुले यसको विरोध गरेका छन  । राजधानी दैनिक दैनिकबाट

About The Author

अन्य समाचारहरु: