कलाकारीता क्षेत्रमा अगाडी बढ्दै गरेका धादिङका व्यक्तिहरुको नाम लिंदा भगवती उप्रेती अग्रपंक्तिमा आउने नाम हो । २०४४ साल बैशाख २५ गते धादिङ कल्लेरीमा जन्मिएकी उप्रेती संघर्ष नै सफलताको आधार मान्छिन् । उनि नारी जागरण केन्द्र धादिङमा अध्यक्ष छिन् भने आफ्नो गायन क्षेत्रलाई पनि निरन्तरता दिंदै आइरहेकी छिन् । समाज सेवा तथा गायन उनको रुचीको विषय हो । गायीका भगवती उप्रेती संग पाविलन्युज डटकमका संवाददाता अस्मिता खतिवडाले गरेको कुराकानी………
तिज नजिकियो, कत्तिको व्यस्त हुनुहुन्छ ?
– व्यस्त नै छु । दर खाने कार्यक्रम देखी तिज विशेष विभिन्न साँस्कृतिक कार्यक्रमहरुमा निम्तो आइरहेका छन् । कतै अतिथीको रुपमा त कतै गायीकाको रुपमा कार्यक्रममा सहभागि हुँदैछु । साथै आफ्नै संस्था नारी जागरणको काम तथा कार्यक्रममा पनि व्यस्त छु । जसले गर्दा जिल्ला बाहिरका कार्यक्रममा भने निम्ता आएपनि सहभागि हुन पाइरहेको छैन ।
तिज विशेष संगै अन्य के–कस्ता कोशेलीहरु बजारमा ल्याउनुभएको छ ?
– अं… धेरै नै छन् । मेरो आफ्नै शब्द, संगित तथा स्वरमा सजिएको मन परेको मान्छे (२०६८), गत बर्ष बजारमा आएको चोली टिपिक्कै, यसपाली नै सार्वजनिक भएको कस्सिएको चोली लगायतका गित तिज कार्यक्रमका लागि सान्दर्भीक छन् । त्यसैगरी मेरो एकल शब्दमा सजिएको आधुनिक गिति एल्बम कृति (२०६७) जसमा ८ वटा गित समावेश छन् । मैले शब्द संगित दिएको मिठा लाग्न छाडे सपनीका साथहरु नामक आधुनिक गित पनि भर्खर बजारमा आएको छ । जसलाई श्रोता मित्रहरुले एकदमै माया पनि गरिरहनुभएको छ ।
कलाकारीता क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
– म सानैदेखी नाच्न गाउन मन पराउने मान्छे । स्कुलका साँस्कृतिक कार्यक्रमहरुमा पनि खुब सहभागि हुन्थें । यो क्षेत्रमा रुची तथा चाहना हुँदा हुँदै पनि पहिले भने यसमा लाग्न सकिन । २०४५ सालमा नारी जागरण केन्द्रमा आवद्ध भएपछि महिला हिंसाका कुरा, विभेदका कुरा, समाजमा महिलाले खेप्नुपरेका समस्या बुझ्दै गएं । मेरो आफ्नै पनि सानै उमेरमा विवाह भएकाले आफ्नै जिवनका भोगाई र उतार चढावले पनि मलाई कलाकारीता क्षेत्रमा प्रवेश गरायो । हामी महिला भएकै कारणले आफ्नो क्षमता, रुची तथा चाहनालाई थाँती राख्नुपर्ने होइन भन्दै धेरै संघर्ष गरेर म यो क्षेत्रमा आएं ।
संस्थाको काम र कलाकारीता क्षेत्रमा एकैसाथ हुनुहन्छ, समयको व्यवश्थापन कसरी गर्नुहुन्छ ?
– कहिल्यै खाली नबस्ने मेरो बानीले नै सबै व्यवश्थीत गर्न सहज बनाएको हो । साथै मेरो रहर, रुची, चाहना तथा क्षमताले पनि । यहि मनै देखी काम ग¥यो भने हर कुरामा सफलता मिल्ने रहेछ । संभव मलाई लाग्छ समयले मान्छेलाई हैन, मान्छेले समय चलाउनुपर्छ । आफ्नो पेशा अर्थात नारी जागरणको कामबाट बाँकी रहेको समय म सांगितिक क्षेत्रमा लगाउंछु, शब्द संगितमा लगाउंछु ।
काममा पारिवारीक साथ कस्तो छ ?
– मैले पहिले परिवारको साथ खासै पाएको थिइन । छोरी मान्छे भन्ने वित्तिकै हाम्रो समाजले हेर्ने दृष्टिकोण एकदमै सांघुरो भएको अवश्थामा काममा र कलाकारिता क्षेत्रमा प्रवेश गरेको मान्छे म । छोरी मान्छे त घर भित्रै बस्नुपर्छ, चुलो चौकामा सिमित हुनुपर्छ भन्ने मानसिकता थियो समाजमा । खुशीले साथ दिने त कुरै भएन । अझ म मेरो त सानै उमेरमा विवाह भएको । बुहारी मान्छे त बालबच्चा स्याहारेर बस्नुपर्छ, बाहिरफेर हिँड्नुहुँदैन भन्ने सोचाइ थियो । त्यसको बाबजुत पनि आफ्नो कदम अगाडी बढाउन आफुले गरेका संघर्ष सम्झंदा कहाली लाग्छ । तर, अहिले विस्तारै सफल हुंदै जाँदा भने परिवारले राम्रो रुपमा हेर्नुहुन्छ । साथ दिनुहुन्छ । यहि आफु राम्रो बाटोमा हिंडियो भने सफलता प्राप्त गरिंदो रहेछ । सबैको मन जितिंदो रहेछ जस्तो लाग्छ ।
तपाइंको अनुभवमा कलाकारीता क्षेत्रमा महिलाले खेप्नुपरेका समस्या के के छन् ?
– पहिलो त समाज तथा परिवारको दृष्टिकोण नै हाम्रो लागि मुख्य चुनौती हो । त्यस्तै आर्थिक समस्यामा पनि हुन्छ । कलाकारलाई हेप्ने, इज्जत नदिने समस्या पनि उत्तिकै छ । त्यसैले म के भन्नु चाहन्छु भने पनि मरेपछि कसैको गुनगान गाउनुभन्दा बाचुञ्जेल सम्मान दिनुस् । कलाकारहरु राज्यका सम्पत्ती हुन् । राज्यले पनि यस विषयमा ध्यान दिनु आवश्यक छ ।
व्यक्ति सफल बन्ने ४ आधार भन्नुपर्दा ?
–धैर्यता
–निरन्तरता
–क्षमता
–साथ सहयोग
तपाइंको नजरमा गित संगित के हो ?
– समाजमा सकरात्मक परिवर्तन ल्याउन सक्ने माध्यम । सुख दुःखको साथी ।
मन पर्ने गायक गायीका ?
मन पर्ने त धेरै छन् । तर पनि भन्नेपर्दा गायकमा नारायण गोपाल र गोपाल बम्जम । गायीकामा तारादेवी । उहाँहरु नै मेरा उत्प्रेरणाका स्रोत हुनुहुन्छ ।
आफैंलाई धेरै मन परेका आफ्ना रचना ?
– शब्दको कुरा गर्नुपर्दा कृति एल्बमको ‘आज फेरी दिलको घाऊ बल्झिएछ झन्, विर्सुं भन्छु निष्ठुरीको याद आउँछ झन्’ यो गित असाध्यै मन पर्छ । त्यस्तै संगितमापरेदेशी र मिठा लाग्न छाडे सारा एल्बममा मैले दिएको संगित पनि सबैले रुचाइएकोमा पर्छ । स्वरमा भन्नुपर्दा चाहिं ‘अहिले साल सिएको चोली लाउनै भएन टिपिक्क, खाछैन मैले घ्यु के ले लाग्यो ज्यु’ भन्ने गितमा दिएको स्वर राम्रो लाग्छ ।
आफु सम्मानीत भएको क्षण सम्झनुपर्दा ?
–‘दुख्छ मुटु कुटुक्क’ नामक एल्बमले गत वर्षको बाग्मती उत्कृष्ट अवार्ड पाएको थियो । जसमा मैले शब्द संगित दिएको थिएं । आफ्नो रचना उत्कृष्ट हुँदा निकै खुशी लाग्यो । त्यस्तै यस वर्ष पनि ‘गोरी गोरी धादिङकी छोरी’ र ‘मायाले दिल चो¥यो सुटुक्क’ गित चाहिं बाग्मती म्युजिक अवार्डमा नोमिनेटमा पर्न सफल भयो । अर्को तर्फ मेरो पेशाको कुरा गर्नुपर्दा ७÷८ वर्ष अगाडी अन्तराष्ट्रिय नारी दिवसको अवसरमा महिला तथा बालबालिका कार्यलय धादिङले महिला शसक्तिकरणमा सहयोग गरेको भन्दै सम्मान गरेको थियो । मेहनतको फल पाऊँदा निकै खुशी लाग्ने रहेछ ।
अन्तमा,
– प्रतिभा लुकाउनु हुन्न । सफलताका लागि कला, क्षमता, रुची, चाहना, धैर्यता र निरन्तरता आवश्यक छ । अरुको देखासिखी हैन क्षमताका आधारमा काम गर्नु आवश्यक छ । मीडियाको साथ विना कलाकार सफल हुन सक्दैनन् । मलाई हर्दम हरपल सहयोग गर्ने पाविललाइ धन्यावाद ।