Thu. Mar 6th, 2025

एमालेले सात प्रदेशमा संयोजक र सहसंयोजक तोक्यो

Uml-meeting८ भदौ,  धादिङ – नेकपा एमालेको स्थायी समितिले लामो समयको गृहकार्यपछि पार्टीका प्रदेश सङ्गठन कमिटीका संयोजक र सह–संयोजकको जिम्मेवारी तोकेको छ ।

एमाले स्थायी समितिको बैठकले प्रदेश नम्बर १ को संयोजक भीम आचार्य तथा सह–संयोजकमा शेरधन राई, प्रदेश नम्बर २ को संयोजकमा सत्यनारायण मण्डल तथा सहसंयोजकमा नागेन्द्र चौधरी र प्रदेश नम्बर ३ को संयोजकमा अष्टलक्ष्मी शाक्य तथा सहसंयोजकमा काशीनाथ अधिकारी रहने निर्णय गरेको हो ।

यस्तै प्रदेश नम्बर ४ को संयोजकमा किरण गुरुङ तथा सहसंयोजक गणेश तिमिल्सिना, प्रदेश नम्बर ५ को संयोजकमा विष्णुप्रसाद पौडेल तथा सहसंयोजकमा दलबहादुर राना रहनु भएको छ । युवराज ज्ञवालीले प्रदेश नम्बर ६ को संयोजक तथा यामलाल कँडेलले सहसंयोजकको जिम्मेवारी पाएका छन् ।

यस्तै प्रदेश नम्बर ७ संयोजकमा भीमबहादुर रावल र सहसंयोजक कर्णबहादुर थापा चयन हुनुभएको एमालेले जनाएको छ । बैठकले जिल्ला अधिवेशनबाट निर्वाचित निवर्तमान अध्यक्षलाई प्रदेश सङ्गठन कमिटीको सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ भने प्रदेश कमिटीमा रहने अन्य सदस्यबारे यसअघि निर्णय गरिसकेको छ ।

बैठकले उप–महासचिव घनश्याम भुषाल– प्रवास क्षेत्रको सम्पर्क, समन्वय, महेन्द्रबहादुर पाण्डे–इन्चार्ज, युवा फाँट, लालबाबु पण्डित–प्रमुख, राजकीय मामिला विभाग, राधा ज्ञवाली–इञ्चार्ज, महिला फाँट, अग्नि खरेल–प्रमुख, स्थानीय विकास विभाग र हरि पराजुलीलाई सह–इञ्चार्ज, किसान फाँटको जिम्मेवारी दिएको छ ।

About The Author

अन्य समाचारहरु: