७ भदौ, धादिङ – उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आफ्नो भ्रमण सफल रहेको दाबी गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका विशेष दूतका रुपमा भारत भ्रमण गरी फर्कने क्रममा मन्त्री निधिले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै भ्रमण उपलब्धी मुलक भएको दावी गरे।
उनले भारतीय राजनीतिक नेतृत्वसँग आफूले नेपालमा भइरहेको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा जानकारी गराएको बताए।
भारत भ्रमणमा रहँदा निधिले भारतीय राष्ट्रपति प्रणम मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराजलगायतका भारतीय उच्च नेताहरुसँग भेटघाट गरेका थिए ।