Fri. Jan 31st, 2025

बुढीगण्डकी प्रभावितद्धारा मुआब्जा वितरणको माग

budigandaki-६ भदौ, धादिङ – बुढीगण्डकी जलविद्युत आयोजनाबाट धादिङ र गोरखा जिल्लाका प्रभावितहरुले आज मुअब्जा वितरणको माग गर्दे जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुुझाएका छन् ।

प्रभावितहरुले समयमा नै मुआब्जा वितरण हुनुपर्ने नभए प्रभावितहरुको सरकारले रोक्का गरेको जमिन फिर्ता गर्नुपर्ने लगाएका मागसहित आज प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीलाई ज्ञापनपत्र बुझाएको हो ।

यसैगरी रोकिएको बुढीगण्डकी जलविद्युतको आयोजनाको काम अघि बढाउनुपर्ने, प्रभावितहरु मुअब्जा वितरण नहुदा अन्यौलमा परेकाले छिटो मुअब्जा वितरण हुनुपर्ने तथा त्यस क्षेत्रका भुकम्पपीडितहरुलाई विनासर्त अनुदानको रकम वितरण गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी सुवेदीले प्रभावितहरुको माग जायज भएको र यसको लागि बुडीगण्डकी प्रभावित तथा सरोकारवालाहरुबिच बैठक बसेर समन्वय गरि अघि बढ्ने बताए ।

About The Author

अन्य समाचारहरु: