Wed. Mar 5th, 2025

धादिङबेसी बजार अनुगमन, होटल, मासु र मिठाई पसलका संचालक पक्राउ

mithai-

६ भदौ, धादिङ – जिल्ला प्रशासन कार्यलय धादिङले धादिङबेसी बजारको सोमबार अनुगमन गरेकोे छ ।

धादिङका सहायक प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको नेतृत्वमा बजार अनुगमन गरिएको हो । अनुगमनका क्रममा किराना पसल र होटल ६/६ वटा, मासु पसल र क्लिनीक पसल ४/४ वटा, तरकारी /फलफूल पसल र मिठाई पसल १/१ वटा गरि २२ वटा पसलहरुको अनुगमन गरिएको छ ।

अनुगमनका क्रममा गणेश मासु पसल र लापाली मासु पसलका संचालकलाई पक्राउ गरिएको छ । मासु पसलेले न्युनतम मापदण्ड समेत पालन नगरी मनोमानी ढङगले व्यवसाय सञ्चालन गरिरहेको भेटिएको छ । खुल्ला स्थानबाट मासु विक्री गर्ने गरेको र सरसफाईमा ध्यान नदिएकोले त्यस्ता कमजोरीहरु तत्काल सुधार्न मासु पसलेलाई निर्देशन समेत दिईएको छ ।

त्यस्तै अनुगमनका क्रममा शीवशक्ति मिष्ठान भण्डारका संचालक पनि पक्राउ परेका छन् । मिठाई पसलले व्यवसाय दर्ता नै नगरी संचालन गरिएको पाइएको छ । भने किराना पसलहरुले मूल्यसूची टाँस नगरी व्यवसाय संचालन गरिरहेको भेटिएको छ ।

त्यस्तै ठकुरी होटल र विमल होटलका संचालक पनि पक्राउ परेका छन् । होटलमा सफा सुग्गर नभएको र नियम विपरित भएका कारण पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक दिपेन्द्र पञ्जियारले जानकारी दिए । पक्राउ परेकालाई कानुनी कारबाही गरिने पनि उनले जानकारी दिए ।

About The Author

अन्य समाचारहरु: