Thu. Mar 6th, 2025

मुलुकको सम्बृद्धिमा लाग्न एमाले नेता सुरेन्द्र पाण्डेको आग्रह

Surendra  Pandey
६ भदौ, नवलपरासी – नेकपा (एमाले) का नेता एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले युवालाई स्वदेशमै रहेर काम गरी मुलुकको सम्बृद्धिमा लाग्न आग्रह गरेका छन्।

नवलपरासीको गैँडाकोटमा रहेको विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा आइतबार गैँडाकोटमा आयोजित २६ औँ वार्षिकोत्सव एवम् विकू युवा सम्मेलनमा बोल्दै उनले देशको विकासका लागि युवा नै लाग्नुपर्ने बताए ।
नेपालमा  रोजगारीको प्रशस्त सम्भावना रहेको भन्दै उनले रोजगारीका लागि विदेश नै धाउनु नपर्ने बताए ।

सो अवसरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सरकारले नेपालभित्रै रोजगारीको अवस्था सिर्जना गरी युवा जनशक्तिलाई पलायन हुनबाट रोक्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सफल व्यवसायीका अनुभवसहित प्रस्तुत गरिएका विभिन्न विभिन्न कार्यपत्रमाथि छलफल भएको थियो । सम्मेलनमा नवलपरासी, चितवनसहित विभिन्न जिल्लाका २० देखि ४० वर्ष उमेर समूहका करिब ३ सय युवाको सहभागिता  छ ।

About The Author

अन्य समाचारहरु: