Thu. Feb 27th, 2025

धादिङमा १ हजार ६ सय घर पालुवा पशुमा कृतिम गर्भाधान

cow
सरिता श्रेष्ठ / ६ भदौ,  धादिङ – जिल्ला पशु सेवा कार्यलय धादिङले आर्थिक वर्ष २०७२/०७३ मा १ हजार ६ सय ३९ पशुमा कृतिम गर्भाधान गरेको छ ।

कार्यलयका अनुसार पशुसेवा प्रसार अन्र्तगत ७ सय ३८ गाई, ३९ वटा भैसी र १२ वटा बाख्रा गरी ७ सय ८९ पशुमा कृतिम गर्भाधान गरिएको छ । त्यस्तै राष्ट्रिय पशु नश्लसुधार कार्यक्रम अन्र्तगत ७ सय ७९ गाई, ६९ भैसी र २ बाख्रा गरी ८ सय ५०  पशुमा कृतिम गर्भाधान गरिएको जिल्ला पशुसेवा कार्यलय धादिङका पशुस्वास्थ्य प्राविधिक पुण्यवति खकुरालले जानकारी दिइन् ।

आर्थिक वर्ष २०७१/७२ मा गाई, भैसी र वाख्रा गरी १ हजार ६ सय ३९ वटा पशुहरुको कृतिम गर्भाधान गरिएको थियो । त्यस्तै २०६९/७० मा १५ सय र २०७०/०७१ मा २ हजार पशुहरुमा कृतिम गर्भाधान गर्ने लक्ष्य लिएर प्राविधिक टोली गाँउ गाँउमा पुगेता पनि लक्ष्य पूरा हुन सकेन । आर्थिक वर्ष २०७०/०७१ मा १ हजार १ सय ९ गाई र १ सय २६ भैसी गरी १ हजार २ सय ३५ गाईभैसीमा कृतिम गर्भाधान गरिएको कार्यालयले जनाएको छ ।

हाल पशु सेवा कार्यलयको पहलमा ८ ओटा प्रजनन् केन्द्रहरुबाट ए आई मिसन समिति गठन गरी सेवा प्रदान गर्दै आएको छ । धादिङको केवलपुर, गजुरी, वैरेनी, धुषा, सलाङ, सुनौलाबजार, मैदी र चैनपुर गरी ८ ओटा सामुदायिक पशु प्रजनन केन्द्र मार्फत कृतिम गर्भाधान सेवा प्रदान गरिरहेकोे छ ।

कास्कीको पोखरास्थित राष्ट्रिय प्रजनन केन्द्रमा पालिएका उन्नत जर्सी साँढे र मुर्रा लाहुरे राँगोको वीर्यलाई सुरक्षित ढगंले ल्याएर कृतिम गर्भाधान गरिने कार्यालयले जानकारी दिएको छ । एउटा गाई वा भैसीमा कृतिम गर्भाधान गराउँदा समितिको निर्णय अनुसार किसानहरुले रु २ सय देखि ४ सय सम्म तिर्नु तिर्नु पर्ने हुन्छ ।

किसानहरु आफैलाई पशुसेवा कार्यालयको प्राविधिकहरुलाई घरमा नै बोलाएर सेवा लिनु परेमा प्राविधिक टोली र किसानहरुको मिलेमतो अनुसार तिर्नुपर्ने हुन्छ । तर पशु सेवा कार्यलय धादिङमा नै आएर कृतिम गर्भाधारण गराउदा एउटा पशुको ३५ रुपैया मात्र लिने गर्दछ ।

गाउँमा साँढे नपाइने र कृत्रिम गर्भाधान गराउदाँ दूध उत्पादन समेत बढ्ने भएकोले कृषकहरु घरपालुवा पशुमा कृतिम गर्भाधारण गराउनप्रति आकर्षित भएका छन् ।

About The Author

अन्य समाचारहरु: