Sat. Mar 15th, 2025

टर्कीमा विवाह समारोहमा विस्फोट, ३० जनाको मृत्यु

tarki-akraman५ भदौ, धादिङ – टर्कीमा एक विवाह समारोहलाई लक्षित गरी बम विस्फोट भएको छ । घटनामा परी ३० जनाको ज्यान गएको छ ।

टर्कीको दक्षिण शहर गाजियान्टेपमा भएको विस्फोटनमा परि ९० जना घाइते भएको स्थानीय सरकारी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । सिरियाको सीमा नजिक रहेको गाजियान्टेपमा भएको आक्रमण आतंककारी रहेको टर्की सरकारले जनाएको छ ।

उपप्रधानमन्त्री मेहमेट सिमसेकले आत्मघाती आक्रमणकारीले विस्फोट गराएको बताए । यस्तै घटनामा बिद्रोही संगठन इस्लामिक स्टेट आइएसको संलग्नता रहेको टर्की सरकारले बताएको छ । मुख्य गरी कुर्दिस समुदायको बसोबास रहेको गाजियान्टेपसहित टर्कीको दक्षिणी क्षेत्रमा पछिल्लो समय हिंसात्मक गतिविधि बढ्दै गएका छन् ।

About The Author

अन्य समाचारहरु: