४ भदौ, धादिङ – रियो ओलम्पिकको तेक्वान्दोमा नेपालकी निशा रावल चीनकी जेङ सुयिङसँग पहिलो चरणबाटै बाहिरिएकी छिन् ।
६७ केजी माथिको तौल समूहमा निशा अन्तिम १६ को प्रतिस्पर्धामा सुयिङसँग अंकका आधारमा २–० ले पराजित भएकी हुन् । निशालाई हराउने जेङ ६७ केजी माथिको समूहकी विश्व नम्बर एक खेलाडी हुन् ।
निशा पराजित भएसँगै रियो ओलम्पिकमा नेपालको चुनौति सकिएको छ । नेपालका ७ खेलाडीले ओलम्पिकमा प्रतिस्पर्धा गरेको भए पनि सबै खेलाडी पहिलो चरणबाटै बाहिरिएका छन् । ६ खेलाडीको चुनौति यसअघि नै सकिएको थियो ।