२ भदौ, धादिङ – पृथ्वी राजमार्ग अन्तरगत गजुरी वजारदेखि मलेखु बजारसम्मको राजमार्ग क्षेत्रको ८० घरधुरीमा शौचालय अनुगमन गरिएको छ ।
गजुरी गाउँ विकास समितिलाई खुल्ला दिसामुक्त गा.वि.स. घोषणाका लागि शौचालय निर्माण तथा शौचालय अनुगमन कार्यक्रमको अयोजना गरेको हो । गजुरी खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका संयोजक मनचन्द्र धरलाको नेतृत्वमा शौचालय अनुगमन गरिएको हो । अनुगमन गरिएका घुरधुरी मध्ये ५२ घरधुरीले शौचालयको निकाश त्रिशुलीमा मिसाएको, २८ घरधुरीको शौचालय नभएको पाइएको छ ।
कार्यक्रममा शौचालय नभएको घर धुरीलाई शौचालय निर्माणका लागि आवश्यक सहयोग गर्न र त्रिशुलीमा शौचालयको ढल मिसाउने घरधुरीलाई शौचालयको सेफ्टी ट्यांकी निर्माणका लागि आवश्यक सल्लाह दिईएको छ । खुल्ला दिसामुक्त क्षेत्र घेषणा कार्यक्रमलाई प्रभावकारी वनाउनका लागि राजमार्ग क्षेत्रमा अनुगमन गरिएका ८० घरधुरीका व्यक्तिहरुसँग सरसफाई तथा स्वच्छता समन्वय समितिले आगामी भदौ ४ गते वैठक राखी आवश्यक छलफल गर्ने निर्णय भएको छ ।
गजुरी गाउँ विकास समितिको जम्मा घरधुरी मध्ये ८० प्रतिशत घरधुरीमा चर्पी निर्माण भई प्रयोगमा आएको शान्ति नेपालका फिmल्ड अधिकृत शोभा चेपाङले जानकारी दिइन् ।