२ भदौ, धादिङ – नेपाल विद्यार्थी संघको छात्रा उपाध्यक्षमा धादिङकी उर्मिला थपलिया निर्वाचित भएकी छिन् ।
उनले निकटतम प्रतिष्पर्धा कृष्णकुमारी बस्नेतलाई हराउदै विजयी हाँसिल गरेकी हुन् । उनी महामन्त्री डा शसांक कोइराला निकट मानिन्छिन् ।
कक्षा ६ मा पढ्दै गर्दा नीलकण्ठ माविबाट नेपाल विद्यार्थी संघको राजनीति शुरु गरेकी थपलिया पार्टीभित्र समेत महासमिति सदस्य भएकी थिइन । उनले यसअघि जिल्ला कोषाध्यक्ष, जिल्ला सचिव, स्ववियू सचिव, पार्टीका अन्य बिभिन्न जिम्मेवारी निर्वाह गरिसकेकी छिन् ।