२ भदौ, धादिङ – नेपाल विद्यार्थी संघको अध्यक्षमा नैनसिंह महर विजयी भएका छन् ।
मनोजमणि आचार्यलाई १ सय ६४ मतले पछि पार्दै उनी अध्यक्षमा विजय भएका हुन् ।
निर्वाचन समितिका अनुसार महरले १४ सय ९६ र आचार्यले १३ सय ३२ मत ल्याएका छन् । यस्तै महामन्त्रीमा कुन्दनराज काफ्ले र सरोज थापा विजयी भएका छन् ।