सरिता श्रेष्ठ / ३२ साउन, धादिङ – धादिङ जिल्लाभरमा सञ्चालन रहेको ११ वटा सामुदायिक विद्यालयलाई नजिकैको अर्को विद्यालयमा गाभिएको छ ।
विद्यार्थी संख्या कम भएको र विद्यालय जानका लागि धेरै समय लाग्ने विद्यालयहरुलाई अर्को विद्यालयमा गाभिएको जिल्ला शिक्षा कार्यलयले जनाएको छ ।
शीतलादेवी प्रावि नीलकण्ठ – ७ रघु निम्न माविमा एकिकरण गरिएको छ । हाँडीखोला प्रावि कल्लेरी – ६ रक्तबच्छला निमावि कल्लेरी – ४, कोसिञ्चेत प्रावि मार्पाक – ९, मार्पाक पोखरा प्रावि मार्पाक – ९, सप्तकन्या प्रावि बुढाथुम -२ पञ्चकन्या प्राविमा गाभिएको छ ।
त्यस्तै आँखु प्रावि त्रिपुरेश्वर अर्चने उमावि खहरे, जनकालिका प्रावि खाल्टे, महेन्द्रोदय कालिका मावि खाल्टे, लिटिल स्टार प्रावि पशुपति मावि नीलकण्ठ – १२, ज्ञानकुञ्जन प्रावि आगिञ्चोक- १ भीमोदय मावि आगिञ्चोक – २ मा गाभिएको जिल्ला शिक्षा अधिकारी गणेश ढकालले जानकारी दिए ।
दुरी टाढा भएका र कम विद्यार्थी भएका विभिन्न विद्यालयलाई कालिका प्रावि नीलकण्ठ ७, सल्लाघारी प्रावि धुवाकोट, बालविकास प्राविमा गाभिएको छ ।
धादिङमा हाल ५ सय ७७ सामुदायिक विद्यालय छन् । अघिल्लो वर्ष ५ सय ८७ विद्यालय रहेकोमा ११ वटा गाभिएको र एक वटा विद्यालय थपिएको कार्यलयले जनाएको छ ।