३० साउन काठमाडौं– विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकलाई दुई मन्त्रालय दिन कांग्रेस–माओवादी सहमत छन ।
लोकतान्त्रिकले उपप्रधानमन्त्रीको समेत माग गरेको छ । तर, सत्तासाझेदार दुई दल उपप्रधानमन्त्री नदिने रणनीतिमा छन ।
साना दलका तर्फबाट आफूलाई मन्त्री बनाउन बहुजन शत्तिः पार्टीका नेता विश्वेन्द्र पासवानले प्रधानमन्त्रीसँग आग्रह गरिसकेका छन ।
तर, साना दलका तर्फबाट कुन–कुन दललाई सरकारमा लिने भन्नेमा कांग्रेस–माओवादी सहमतिमा पुगिसकेका छैनन । जसले गर्दा अब विस्तार हुने मनत्रीपरिषद्मा साना दलका मन्त्रीहरु नपर्ने बालवाटार स्रोतले बतायो । नयाँ पत्रिका दैनिकबाट ।