Thu. Mar 6th, 2025

मन्त्रीको पासोमा प्रधानमन्त्री प्रचण्ड

parchanda२९ साउन, काठमाडौं –प्रधानमन्त्री प्रचण्डले परिणाम देखिने गरी र सवले सम्झने गरि आफले काम गर्ने बताइरहेका छन ।

एमाले अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व लिएकै दिन आफूसँग समय कम भएको बताएजस्तै प्रचण्डले पनि समय कम भएकाले रातदिन खटेर जनताको पक्षमा काम गर्ने पदवहालीकै क्षणमा गरे ।

तर, उनले अझै मन्त्रिपरिषदलाइृ पूर्णता त के सरकारमा रहेका प्रमुख दुई दलबाटै मन्त्री बनाउन सकिरहेका छैनन। १९ साउनमा प्रधानमन्त्री निर्वाचित भई २० साउनबाट काम थालेका प्रचण्डले मन्त्रीको अभावमा आफुले चाहेको गतिमा काम गर्न सकेका छैनन ।

प्रचण्डले प्रधानमन्त्रीको शपथ लिएकै दिन दुई उपप्रधानसहित ६ सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए । त्यसपछि प्रधानमन्त्रीले गत मंगलबार थप तीन विनाविभागीय मन्त्री थपेका छन ।

मन्त्रिपरिषदलाई पूर्णता दिएर अघि बढ्न खोजे पनि उनले प्रमुख सत्तासाझेदार दल कांग्रेसबाट मात्र होइन, आफ्नै पार्टी माओवादी केन्द्रबाट पनि सरकारमा सहभागी हुने व्यक्तिको टुंगो लगाउन सकेका छैनन । दुवै पार्टीमा आकांशक्षी धैरै हुँदा मन्त्रीको टुंगो लाग्न नसकेको हो ।

पार्टीभित्रको गुटबन्दीको असर सरकार गठनमा पनि देखिएको छ ।गुटसँगै कमाउ मन्त्रालय सबैको प्राथमिकतामा पर्दा मन्त्रीको टुंगो लगाउन दुबै दलका नेतृत्वलाई मुस्किल परेको हो ।

कांग्रेसले नेविसंघको महाधिवेशनको नाममा मन्त्री  पठाउन नसकिएको जनाउँदै आएको छ । तर पार्टी भित्रेको आन्तरिक समस्याका कारण कांग्रेसले मन्त्री छान्न सकेको छैन ।

माओवादीमा पनि मन्त्रीको आकांक्षी दुई दर्जनभन्दा धेरै हुदा प्रधानमन्त्री प्रचण्ड अलमलमा परेका छन । आजको राजधानी दैनिकबाट

About The Author

अन्य समाचारहरु: