२८ साउन, धादिङ – १७ औँ युवा दिवसको अवसरमा धादिङबेसीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
कार्यक्रममा २० पटक भन्दा बढी रक्तदान गर्ने नीलकण्ठ नगरपालिका ११ का ३२ बर्षीय रामशरण थापा सहित ३५ जनाले रक्तदान गरेका छन् ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङको प्राविधिक सहयोगमा जिल्ला युबा समिति, युबा सूचना केन्द्र र जिल्ला खेलकुद बिकास समितिले सङ्युक्त रुपमा रक्तदान कार्यक्रमको आयोजना गरेका हुन् ।