Wed. Mar 5th, 2025

रोनाल्डो र पेपे फर्किए

२८ साउन  – क्रिष्टियानो रोनाल्डो र पेपे रियल मड्रिडको प्रशिक्षणमा फर्किएका छन् । युरोकप २०१६ पछि बिदामा रहेका पोर्चुगलका रोनाल्डो र पेपे नयाँ सिजनका लागि क्लबको प्रशिक्षण क्याम्पमा फर्किएका हुन् । रोनाल्डोको कप्तानीमा रहेको पेपेसहितको टिमले पोर्चुगललाई पहिलो पटक युरोकपको उपाधि दिलाएका थिए । रोनाल्डो र पेपे बुधबार क्लबको प्रशिक्षण क्याम्पमा फर्किएका हुन् ।

दुवै खेलाडीले राष्ट्रिय टिमको जिम्मेवारीका कारण क्लबका अरु खेलाडीले भन्दा केही समय धेरै बिदा पाएका थिए । रोनाल्डो र पेपे दुवै मंगलबार राति भएको युइएफए सुपर कपको खेलमा टिममा थिएनन् ।

रियल मड्रिडले सेभिल्लालाई हराएर सुपर कपको उपाधि जितेको थियो । यस्तै ग्यारेथ बेल र टोनी क्रस पनि बिदा सकाएर क्लब फर्किएका छन् ।

About The Author

अन्य समाचारहरु: