Wed. Mar 5th, 2025

रियो ओलम्पिक : पोर्चुगल बन्यो समूह विजेता, अर्जेन्टिना बाहिरियो

arjentana२७ साउन, धादिङ – पोर्चुगल रियो ओलम्पिक अन्तर्गत भएको पुरुष फुटबलमा समूह विजेता बनेको छ ।

बुधबार राति भएको समूहको अन्तिम खेलमा पोर्चुगल समूह विजेता बनेको हो । अल्जेरियासँग १–१ को बराबरीमा रोकिएको पोर्चुगल समूह विजेता बनेको हो । पोर्चुगल यो प्रतियोगितामा अहिलेसम्म अपराजित छ । पहिलो खेलमा अर्जेन्टिनालाई २–० ले हराएको पोर्चुगलले दोस्रो खेलमा होन्डुरसलाई २–१ ले हराएको थियो ।

खेलमा अर्जेन्टिना समूह चरणबाटै बाहिरिएको छ । होन्डुरससँग १–१ को बराबरीमा रोकिएपछि अर्जेन्टिना अघिल्लो चरण जान नसकेको हो । गोल गर्ने राम्रा अवसर गुमाउँदा अर्जेन्टिना बराबरीमा रोकिन बाध्य भयो र समूह डीको तेस्रो स्थानमा रहेर प्रतियोगिता टुंग्यायो ।

होन्डुरस भने समूह उपविजेता बन्दै अघिल्लो चरण प्रवेश गरेको छ । पहिलो खेलमा पोर्चुगलसँग २–० ले हारेको अर्जेन्टिनाले दोस्रो खेलमा अल्जेरियालाई २–१ ले हराएको थियो ।

About The Author

अन्य समाचारहरु: