Thu. Mar 6th, 2025

वन कार्यलयले गरेको कारबाहीप्रति एमाले धादिङको ध्यानाकर्षण

uml-dhading२६ साउन,  धादिङ – गत साउन २२ गते धादिङको बैरेनी गाऊँ विकास समिति वडा नंबर ८ भल्टार नयाँ बारीमा जिल्ला वन कार्यलय धादिङले गरेको कारबाहीप्रति नेकपा एमाले धादिङले ध्यानाकर्षण भएको जनाएको छ ।

सदरमुकाम धादिङबेसीमा बुधबार पत्रकार सम्मलेनको आयोजना गरी प्रेस विज्ञप्ती जारी गर्दै एमाले धादिङले भुकम्प पीडित नागरिकको मध्य वर्षातको समयमा ऐन कानुनको आड भन्दै गरिएको कार्य अमानविय भएको जनाएको छ ।

पत्रकार सम्मलेन कार्यक्रममा एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठीले वर्षौं अगाडी निर्मित स्थाई संरचना, घर टहरा, सार्वजनिक शौचालय समेत डोजर प्रयोग गरी भत्काएकोमा आपत्ति जनाए । अध्यक्ष त्रिपाठीले बन्द घरभित्रको सामान समेत झिक्न नदिई ९० वर्षको वृद्धलाई समेत घरभित्रबाट घिसार्दै बाहिर निकाली डोजर लगाउने कार्य अमानविय भएकोे बताए ।

प्रक्रियावद्ध रुपमा नभई राजनितिक आग्रह पुर्वाग्रहका आधारमा नियमको पालना भन्दै डोजर लगाउने काम भएको पार्टि अध्यक्ष त्रिपाठीको भनाई छ । विज्ञप्तीमा भनिएको छ– नेकपा एमाले कानुनको वर्खिलापमा काम गर्ने पार्टी होइन, तर जुन समयमा जुन शैलीबाट आतंक सिर्जना गर्ने कार्य भइरहेको छ यसले आम धादिङबासीमा त्रासको वातावरण बनेको छ । यसप्रति एमाले पार्टीको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

 त्यस्तै शान्तिपुर्ण वातावरणमा बाँच्न पाउने र मेहनत गरेर खान पाउने अधिकारबाट धादिङ जिल्लाबासी बञ्चित हुँदै गएको आभाष भएको पनि त्रिपाठीद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा उल्लेख छ । यस प्रति स्थानिय प्रशासनले बेलैमा ध्यान पु¥याउन आवश्यक रहेको पनि अध्यक्ष त्रिपाठीले बताए ।

About The Author

अन्य समाचारहरु: