बीरबहादुर गिरी – पत्रकारीता आफैमा एक सिर्जनात्मक बिधा हो । सिर्जना आफैमा अभिब्यक्त हुदैन यसका लागि माध्यमको जरुरी हुन्छ । आज संसारका सबै संचार माध्यमबाट प्रकाशित र प्रशारित सामाग्रीहरु पत्रकारहरुको सिर्जना हुन । यिनै सिर्जनाको पेरीफेरीमा आधुनिक विश्व दृष्टिकोणहरु निर्माण भइरहेका छन । अब आधुनिक विश्व दृष्टिकोण निर्माणका प्रमुख आधार पत्रकारहरुले पनि बदलिदो विश्व परिदृश्यमा आफुलाई अब्बल साबित गर्न नयाँ आयामको खोजी गर्नैपर्छ ।
आजको आधुनिक विश्वमा सबै सिर्जनाको समान मुल्य हुन सक्दैन । समान मुल्यको खोजि गर्नु पनि मुर्खता हो । समय क्रममा सामाजिक जीवनका सबै क्षेत्रमा देखिने परिवर्तनको प्रत्यक्ष प्रभाब पत्रकारीता क्षेत्रमा देखिनु स्वभाबिक हुन्छ । अर्को तर्फ पत्रकारीतामा देखिने परिवर्तनले सामाजका अन्य क्षेत्रमा समेत तरंग सिर्जना गर्नुपर्दछ । यसरी नै पत्रकारीता र सामाजको सोझो सम्बन्ध स्थापित हुन्छ । सामाजका सकारात्मक मुल्यमान्यता र जन उत्तरदायी राजनीतिक प्रणालीको रक्षा गर्नु पत्रकारीताको गहन जिम्मेवारी हो । तर अराजक सामाजिक मुल्य मान्यता र जनबिरोधी राजनीतिक प्रणालीको बिरोध मात्र होइन अन्त्यको गोरेटो नै पत्रकारीताले निर्धारण गर्दछ । नेपालको सन्दर्भमा भने राजनीतिक तथा सामाजिक परिवर्तनको अगुवाई पत्रकारीताले गरे पनि पत्रकारीताको विकास र परिवर्तनको लागि राजनीतिक र सामाजिक तहबाट कुनै ठोस प्रयास हुन सकेको छैन । पत्रकारीताको समय अनुकुल विकास नहुदासम्म अरु क्षेत्रको विकास अपुरो र अधुरो निश्चियत छ ।
राजधानी लगायत शहरमा पत्रकारीताको विकास बामे सर्न खाजे पनि समय क्रमको विकासका दृष्टिकोणले दुर्गमको पत्रकारीता भने चलमलाउन समेत सकेको छैन । दुर्गममा पत्रकारीताको विकास गर्न सरकारी तथा गैरसरकारी कुनै निकायबाट खासै उल्लेख पहल भएको पाइदैन । आज पनि दुर्गममा पत्रकारीताको संस्थागत र ब्यबसायिक विकासको यात्रा निकै धिमा छ । दुर्गमबाट हेर्दा राजधानि लगायतका शहरमा पत्रकारीताको विकास लागि गरिने गोष्ठी, सेमिनार, छलफल र बहस देखिने गरे पनि उताबाट दुर्गमतिर फर्केर हेर्दा भने अध्यारो मात्रै देखिन्छ । यो अबस्थाका बारेमा को गंभिर बन्ने ।
उज्यालोबाट अध्यारो हेरेर पत्रकार महासंघ लगायतका संघ संगठनहरु कति बेलासम्म मुखदर्शक भएर बस्ने । वा दुर्गममा काम गर्ने हामी पत्रकारहरुले यस्ता गोष्ठी, सेमिनार, छलफल र बहसका लागि कहिलेसम्म शहर र सुबिधा सम्मपन्न ठाउँतिर फर्केर बस्ने यो गंभिर प्रश्न बनेको छ । यो प्रश्नको उत्तर अबको संघात्मक राज्य ब्यबस्थामा खोज्ने गरी योजना निर्माण गरेर अभ्यासको आरम्भ गर्न सकिएन भने सामनताको वकालत गर्ने पत्रकारीता क्षेत्र भित्र नै स्वयममा असामनताको डरलाग्दो खाडल निर्माण हुदै जाने देखिन्छ । आजसम्मका हाम्रा अभ्यासबाट आर्जन अनुभवहरुले पत्रकारीता भित्र भेटेको असामनता यहि हो । भौगोलिक बिबिधता भित्र देखिने ब्यबसायिक बिभेदलाई अन्त्य गर्न पत्रकारीता जगतको महत्वपूर्ण भूमिकालाई अरु सबै क्षेत्रमा उच्च कदर गरिएको छ । तर पत्रकारीता क्षेत्रमा रहेका यस्ता बिभेदहरुलाई पार लगाउने जिम्मा कसलाई छोडेर हामी उम्कने आजको अपरिहार्यता यहि हो ।
शहर र दुर्गमा गरिने पत्रकारीता निश्चियत रुपमा फरक छ । शहरको पत्रकारीता थोरै भए पनि आर्थिक सबलीकरण र ब्यबसायिक तथा भौतिक सुरक्षाको आंशिक पूणताबाट अगाडी बढेको छ भने । दुर्गमको पत्रकारीता आर्थिक अभाब , ब्यबसायिक दक्षताको कमी र शहरको तुलनामा भौतिक सुरक्षाको कमजोर मनोबिज्ञान बोकर चलिरहको छ ।
यो यथार्थतालाई कसैले लुकाएर लुक्ने अबस्था छैन । तथापी अनेकन समस्याका बाबजुत पनि दुर्गमको पत्रकारीता बहुआयमिक छ । दुर्गमा काम गर्ने एउटा पत्रकार सबै बिधा र क्षेत्रको जानकार हुनैपर्छ । अर्थ, राजनीति, कृषि, उद्योग, कला, साहित्य, कानुन , शिक्षा र अपराध सबै बिषयको रिपोर्टिङ्ग गर्नु उसका लागि बाध्यता र रहर दुबै हो । सबै बिषयसंग सम्बन्धित सैद्धान्तिक अबधारण तथा प्राबिधिक शब्द ज्ञान हुन जरुरी हुन्छ । अझ टेलिभिजनमा काम गर्नेहरुका लागि त झन इलभ ःबल व्यगचलष्किm को मान्यता लागु हुने गर्दछ । क्यामरा म्यान, सम्बाददाता र सम्पादक आफै भएर काम गर्नु पर्ने स्थिति हो । तर पनि सञ्चार माध्यममा दुर्गमको कबरेजलाई हर्ने हो निकै कमजोर उस्थिति देखिन्छ । एउटै मुद्दा शहरबाट उठान भयो भने त्यो राष्ट्रिय सरोकारको बिषय हुन्छ । तर त्यहि प्रकृतिको बिषय दुर्गमबाट आउदा सञ्चार माध्यमको लागि समेत सरोकारको बिषय बन्न सक्दैन । यो पिडा दुर्गममा काम गर्ने सबै श्रमजिबीहरुको साझा भोगाइबाट प्राप्त अनुभब हो ।
भनिन्छ एउटा पत्रकार आफैमा बहुज्ञाता हो । ब्यसायिक पत्रकारका लागि बहु बिषयको ज्ञान अनिबार्य सर्त मानिन्छ । सामाचारका लागि अदालतको ढोकादेखि अपाराधिको दैलो सम्म, बिबाहको मण्डपदेखि मलामीको लाइनसम्म अनि राजनीतिक पार्टीको सभादेखि सरकारी कार्यालयको समिक्षा बैठकसम्म र प्राकृतिक बिपत्तिको घटनादेखि प्रकुतिको मनोरक स्थलसम्म पुग्नु दुर्गममा काम गर्ने पत्रकारको दिन चर्या हो । त्यसैगरी किसानको बारीदेखि उद्योगपतिको उद्योगसम्म उपभोक्ताको चुलोदेखि ब्यापारीको पसलसम्म सबै नचाहरे हाम्रो सिर्जना कलात्मक र बजार बिकाउ हुदैन ।
यस्तै अपार जलसम्पदा, खनिज सम्पदा र वनसम्पदा पनि हाम्रा सिर्जनाका स्रोत हुन । हामीमा यी स्रोतको बारेमा बिबेचना, बिष्लेसन र बहस गर्ने क्षामता हुनै पर्छ । आज दुर्गममा बसेर काम गर्ने पत्रकारलाई यस्ता अनेकन बिशाल सागरबाट सकि नसकि मणि खोज्नु परेको छ । यहि वास्तबिकताले पुष्टि गर्दछ की दुर्गमको पत्रकारीता बहुआयमिक र बहुउपोगि छ ।
(लेखक : केन्द्रिय उपाध्यक्ष, प्रेस चौतारी नेपाल)