गायत्री खतिवडा – केही महिना अगाडी जिल्ला स्तरीय एउटा कार्यक्रम जाँदा म र मेरा महिला साथीहरुका अगाडी धादिङका सिडियोले दोहो¥याइ दोहो¥याइ ‘महिलाले लिबिस्टिक लाएर हिड्छन् जे पाए त्यही बोल्छन्’ भन्दै होच्याउने काम गरे । उनले यो कुरा बोलिरहदा अनुहारमा एक प्रकारको दम्भ प्रष्टै झल्किएको थियो । हामी चुपचाप सुनिरह¥यौं ।
हामीले चुपचाप सुनेकोमा उनलाई लाग्यो होला यिनीहरुलाई मज्जाले भने । तर हामीले उनको सोच कस्तो रैछ भन्ने कुरा चिन्न पायौं । मलाई चै त्यती बेला उनलाई सोध्न मन थियो तपाईको श्रीमतीले ओठमा लगाएको चै के हो ? र किन लगाएको ? तपाईको श्रीमतीले श्रृङ्गार गरेको कुरालाई चै के भन्नुहुन्छ ? तर बोल्न मन लागेन ।
केही वर्ष अगाडी धादिङका एक जना डि. एस. पी.ले एउटा सार्वजनिक कार्यक्रममा भने ‘ढिलै होस् त छोरै होस्’ । हामीले उनको बोली सच्याउन अनुरोध ग¥यौं । उनले स्विकार गरि सच्याए र माफी पनि मागे । यो सकारात्मक कुरा हो ।
यसै साता नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धनको सरकार बन्यो । गठबन्धनले गरेको सहमति अनुसार नेकपा माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका छन् । लोकतान्त्रिक मुलुकमा सरकार बदलिनु र फेरिनु कुनै नयाँ कुरा होइन । नयाँ कुरा त यो हुन्छ की सरकार फेरिएसंगै कस्ता गुण र चरित्र भएका व्यक्तिहरु फेरिए भन्ने हो ।
प्रचण्ड प्रधानमन्त्री भएको भोलिपल्टै उनका एक मात्र पुत्र प्रकाश दाहाल स्वकीय सचिव नियुक्त भए । एउटा बाउको लागि छोरा स्वकीय सचिव बनाउनु कुनै आश्चर्यको कुरा छैन । आश्चर्य त यस कुरामा लाग्छ की उसको गुण र चरित्रका बारेमा । आफ्नो श्रीमती र छोराको जिन्दगी बर्बाद गरि तीन पटक सम्म बहुविवाह गर्ने, महिलामाथी शोषण गर्ने, भ्रष्ट्राचार गर्ने प्रकाश अन्ततः पुरस्कृत भयो ।
यो एउटा उदाहरण मात्र हो । यो कुरा हाम्रो समुदायलाई, बुज्रुक भनाउँदालाई, विद्धान भनाउँदालाई र पढेलेखेका भनाउँदालाई सामान्य लाग्छ । यस्ता कुरा कसैको टाउको दुखाइको विषय हुँदा पनि हुँदैन । कसैले मतलब पनि राख्दैन । प्रकाश जस्ता हजारौं पात्र छ हाम्रो छिमेकमा, गाउँमा , टोलमा, शहरमा । पुरुषले बहुविवाह गर्दा ‘मर्द’ भन्छ दुनियाँले ।
मैले देखेको छु हाम्रो वरपर ठोक्कीएका व्यक्तिहरु जो पत्रकार भनाउँदा, मानवअधिकारकर्मी भनाउँदा, शिक्षक भनाउँदा,वकिल भनाउँदा, व्यसाही भनाउँदा, पेशाकर्मी भनाउँदा सवैसवै निर्लज्ज पुरुषहरु आफुले गरेको कुकर्म प्रति गर्व गर्दै हिडीरहेछन् । उनीहरुलाई लाग्छ महिलालाई जिस्काउनुु, उडाउनु, र्दुव्यवहार गर्नु, अपशब्द बोल्नु, होच्याउनु , दुई तीन वटा विहे गर्नु सवै ‘पुरुषत्व’ हो । उनीहरु ‘मदर्’ हुन् । त्यसैले यस्तो गर्नु कुनै गलत काम होइन ।
यसै महिनामा हामीले एक जना लैगिंक हिंसा प्रभावित महिलालाई कुटपीटबाट घाइते भएको अवस्थामा उद्धार ग¥यौं । जिल्ला अस्पतालमा उपचारका लागि ल्याइयो । धादिङ जिल्ला अस्पताको डाक्टरको सिफारिमा काठमाडौंमा लगियो र उपचार गरियो । घटना भएको ४ दिन पछि मात्र उनको अवस्थामा सुधार आयो । उनी बोल्न सक्ने भइन् । त्यस यता उनी सहयात्री समाज नेपालको सुरक्षित अवास गृहमा बसिरहेकी छिन् । यसै घटनाको विषयमा कुरा गर्न जाँदा धादिङका प्रहरी र प्रशासनका प्रमुखले ‘नभएको घटनालाई उचालेको र ती महिलाले नाटक गरेको’ भन्दै प्रतिबाद गरेको सुन्नु प¥यो ।
आठ वर्ष देखि लगातार घरेलु हिंसाको शिकार भएकी एक जना असाहाय महिला कुटपीट बाट चार दिन सम्म बोल्न नसकेको र आँखा खोल्न नसकेको विषयलाई लिएर न्यायिक निकायका अगुवाले नै ‘नाटक गरेको हो भने’ भन्ने सुन्दा त्यो दिन जति नमज्जा जिन्दगीमा कहिल्यै लागेन । उनको वास्तविकता कसैले सोधन र बुझेन । उल्टै पीडक पक्षको पृष्ठपोषण गरियो । उनलाई लिएर जहाँ जहाँ कुरा गर्न पुगियो त्यहाँ त्यहाँ उनलाई सोधियो ‘तिम्रो पनि गल्ति छ । तिम्रो गल्ति नभइकन कसैले कुट्दैन । तिम्रो गल्ति नभइकन कसैले गाली गर्दैन । तिम्रो गल्ति छ र त गाउँलेले असहयोग गरेको हो ।’ खुशी लाग्यो जस्ले उल्टै उनलाई नै ‘दोषि प्रमाणित’ गरिदिएकोमा । अन्तत ः उनले छोरा लिएर आत्महत्या गर्ने योजना बनाइछन् जुन कुरा हामीले थाहा पाउँदा आँफै प्रति घृणा लाग्यो । यही अवस्थामा हाम्रा छोरी÷बहिनी थिए भने चै हाम्रो आवाज कस्तो हुन्थ्यो होला । के हामीले निर्धक्क साथ मेरी छोरी ÷बहिनीले नाटक गरेकी हो न्याय चाहिदैन भन्थ्यौं होला ? अब यि र यस्ता कुराको कुनै अर्थ रहेन ।
यही घटनाको विषयलाई लिएर हाम्रा बारेमा पनि अनेकन कुरा सुन्नमा आयो । हामी प्रति नकारात्मक धारणा बनाउने र कुरा गर्नेहरु सवैप्रति हामी आभारी छौं । तब न हामीलाई अझ अगाडी बढ्ने आत्मबल बढ्छ ।
माथिका यि सवै दृष्टान्तहरु मान्छेको सोच र चेतनामा आधारित छ । कसैले विद्यावारिधी गर्दैमा उ विद्धान कहलिदैन । कोही कुनै उच्च पदमा हुँदैमा ठूलो हुँदैन । शरिरको नाप र तौलले व्यक्तिको उचाई नापिदैन । आजको युगमा महिला र पुरुषप्रति राख्ने दृष्टिकोण, हेर्ने हेराई, गर्ने व्यवहारले हरेक व्यक्तिको उचाइ निर्धारण गरिन्छ ।
महिला प्रतिको नकारात्मक सोच आजको सोच पनि होइन । सयौं वर्ष देखि हामी त्यही समाज र सस्कारमा जन्मियौ र हुर्कियौं । मेरी आमाले ठूलो स्वरले बोल्दा हजुरबाले हप्काउनुहुन्थ्यो छोरी मान्छेले ठूलो स्वरले बोल्न हुँदैन । मेरी आमाले सानैमा विहे गर्न नमान्दा मेरा हजुरआमाले भन्नुभो ‘छोरी भर यस्ता कुरा गर्न हुँदैन । जहाँ भनेको त्यहीं जानुपर्छ ।’ छोरामान्छे बोलेका ठाउँमा मेरी आमा उभिदा हजुरबाले भन्नुहुन्थ्यो ‘छोरी मान्छे भर ठूला मान्छेका कुरा सुन्नु हुन्न ।’ पछि त्यही कुरा मेरी आमाले मलाई सिकाउनुभो । मेरा बाले मलाई अ¥हाउनुभो । मेरी आमाले सासुले गाली गरेका कुरा सुनाउँदा आइमाई भएर सहनुपर्छ भने आफ्नै घरपरिवार र आफन्तले । मेरी आमाले हजार पीडा लुकाउनु भयो र आज मलाई भन्दै हुनुहुन्छ ‘तिमी पनि छोरी हौं मैले जस्तै सहनुपर्छ ।’ यो कुरा मेरो मात्र होइन सिंगो समाजको छोरीहरुको कुरा हो ।
साँच्चै ! यो जन्ममा छोरा भएर जन्मेका सवै सवै अर्को जन्ममा छोरी भएर जन्मिदिए । उनीहरुले पनि यो विभेद, यो उँचनीच, यो हेलाँ सहनुपर्ने भैदिए । यो जुनिमा भए गरेका कुरा त्यतिबेला पुर्नयाद भैदिए । कास ! ……………………… यि सव कल्पना मात्र हो ।
आज पनि मैले कसैसंग खुलेर बोल्ने स्वतन्त्रता छैन । कुनै पुरुषसंग हात समातेर हिड्न पाउने अनुमति छैन । मलाई मन लागेको लागेको ठाउँमा जान पाउने अनुमति छैन । मलाई मन परेको पहिरन र श्रृङ्गार गर्ने अनुमति छैन । मैले अगाडी नै उल्लेख गरिसकें सिडियोका कुरा । चोकमा उभिएर कुनै पुरुषसंग हाँस्न पाउँदिन । होटलमा कुनै पुरुष साथीसंग चिया खान पाउँदिन । दुनियाँले मेरो अनुहार हेरेर मेरो मुल्य तोक्छ । मेरो हिंडाई, बोलाई, हाँसो, पहिरन, श्रृङ्गार सवै सवै मलाई जोख्ने औजारहरु हो । यो दुनियाँको इज्जतको तक्मा मैले भिरेको छु । मेरा शरिरको हरेक अंगको मुल्य तोक्छ दुनियाँले । म अर्थात ‘छोरी’ । अर्थात यो समाजका ‘सवै छोरी ।’
एक जना व्यक्तिको दृष्टिकोणले कहाँ सम्म असर पु¥याएको हुन्छ भन्ने कुरा हामीले ख्याल गरेकै हुँदैनौं । हामी प्रत्येकलाई आफै सर्वज्ञाता, आफै निर्णायक, आफै ठूलो हौं भन्ने मात्र ज्ञान छ । नेता, प्रशासक, प्रहरी, कर्मचारी, पत्रकार, व्यवसाही, उद्योगी, लेखक जहाँ जुन नामले चिनिए पनि व्यक्तिको दृष्किोण नै उसको सम्पत्ती हो । मेरो कसैप्रति पनि अरु कुरा प्रति चासो छैन । खासगरि लैगिंक हिंसा प्रभावित प्रतिको दृष्टिकोण कस्तो छ ?भन्नेमा मात्र हो ।
आफुले घरमा श्रीमति कुटेर बाहिर निस्केर महिलालाई अधिकार दिनुपर्छ भन्ने पुरुष वास्तमा मान्छे होइन । साँच्चै उसले आफ्नो श्रीमतीप्रति सम्मानको व्यवहार गर्छ भने अरु महिला दिदीबहिनी र आमाहरुका लागी पनि गरिनुपर्छ । तब मात्र व्यक्तिको मर्यादा बढ्छ । मेरा दिदीबहिनी मात्र दिदीबहिनी हुन् अरु त केही होइनन् भन्ने सोच राख्ने मान्छे जहाँ पुगे पनि कुनै अर्थ राख्दैन । जिन्दगी त भुसुनाले पनि जिएकै हुन्छ !