Thu. Mar 6th, 2025

सिंह र शेखरलाइ फकाउदै देउवा

deuba1
२५ साउन, काठमाडौं – कोइराला र केसी दुवैलाई मन्त्रिपरिषदमा पठाउन चर्को दबाब आएपछि सभापति देउवाले पहल थालेका हुन ।

आफुले मागेको मन्त्रालय नपाएपछि चर्को असन्तुष्टि जनाउँदै आएका नेपाली कांग्रेसका नेताद्वय डा. शेखर कोइराला र अर्जुनरसिंह केसीलाई मनाउन सभापति शेरबहादुर देउवाले पहल थालेका हुन ।

स्रोतका अनुसार कोइरालालाई कुनै पनि हालतमा परराष्ट्र मन्त्रालय नदिने सोचमा रहेका सभापति देउवा उनलाई सो मन्त्रालय दिन लचक भएका छन् ।

देउवाले डा. कोइराललाई परराष्ट्र मन्त्रालय दिन आफू तयार रहेको सन्देश पनि पठाइसकेका छन ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएकै दिन कोइराला परराष्ट्रमन्त्री बन्ने पक्कापक्की थियो । तर सभापति देउवाले परराष्ट्र बाहेक अन्य कुनै मन्त्रालय रोज्न आग्रह गरेपछि उनले आफूले भनेको मन्त्रालय नपाए मन्त्री नै नबन्ने जवाफ फर्काएका थिए ।

यसैगरी गृह मन्त्रालय नपाएपछि मन्त्री बन्नै अस्वीकार गरेका केसीलाई भेटेरै देउवाले रक्षामन्त्री बन्न आग्रह गरेका छन । रक्षामन्त्री बन्न केसी सकारात्मक भएको स्रोतको दाबी छ । परीक्षा  नजिकै आएकाले ती युवती विक्षिप्त भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
राजधानीक दैनिकबाट

About The Author

अन्य समाचारहरु: