२५ साउन, धादिङ – अफ्रिकी मुलुक इथियोपियामा शान्तिपूर्ण प्रदर्शनमा सुरक्षाकर्मीले हस्तक्षेप गरी गोली चलाउँदा सयको ज्यान गएको छ ।
पछिल्लो दुई दिनमा सुरक्षाकर्मीको गोली लागेर प्रदर्शनमा उत्रिएका सय जनाको ज्यान गएको बिबिसीले जनाएको छ। राजनीतिक सुधार, न्याय तथा कानुनी व्यवस्थाको माग गर्दै भएको प्रदर्शनमा सुरक्षाकर्मीले हस्तक्षेप गरेको हो ।
जनजातीय समूहको बाहुल्यता रहेको क्षेत्र ओरोमिया र अमहारामा प्रदर्शन भएका छन् । सेना तथा प्रहरीले ठूलो संख्यामा प्रदर्शनकारीलाई पक्राउ गरेर आफ्ना तालिम केन्द्रमा राखेका छन् ।
इथियोपियाको सरकारले बाहिरी शक्तिको आडमा प्रदर्शन भएकाले कुनै पनि हालतमा स्वीकार्य नहुने जनाएको छ ।