२४ साउन, धादिङ – प्रतिनिधि विवादका कारण नेपाल विद्यार्थी संघको बन्दसत्र स्थगित भएको छ ।
विवाद नमिलेपछि सोमबार बिहान ११ बजेदेखि सुरु हुने भनिएको बन्दसत्र स्थगित गरिएको प्रवक्ता युपी लामिछानेले बताए।
नेताहरुले भागबन्डा गरेर महाधिवेशन प्रतिनिधिहरु छानिएको भन्दै नेविसंघको एक समूह असन्तुष्ट छ । नेता कुन्दन काफ्ले नेतृत्वको समूहले विधिसम्मत ढंगले महाधिवेशन प्रतिनिधिहरु छनोट नगरिएसम्म महाधिवेशन सञ्चालन गर्न नदिने अडान लिएको छ ।
नेविसंघको विधानअनुसार २३ सय प्रतिनिधि हुनुपर्ने हो। अहिले ३३ सय प्रतिनिधि छन्। अरु ११ जिल्लाका थपिन बाँकी छन्। प्रतिनिधि छनोट विधानसम्मत नभएको आरोप एक पक्षले लगाउँदै आएको छ।