Thu. Feb 27th, 2025

धादिङमा व्यवसायिक कृषिका लागि कृषि सामाग्री वितरण

haate-tractor_अस्मिता खतिवडा / २४ साउन, धादिङ – जिल्ला कृषि विकास कार्यलय धादिङले कृषक समुहहरुलाई कृषि सामाग्री वितरण गरेको छ ।

भुकम्प प्रभावित कृषक समुहहरुलाई फोकस नेपाल धादिङ र खाद्य तथा बाली संगठनको सहयोगमा १९ वटा हाते ट्याक्टर र ३० वटा थ्रेसर मेसिन वितरण गरिएको हो ।

कृषि सामाग्रीका लागि कृषक समूह, कृषि सहकारी संस्था तथा किसानहरुबाट आएको निवेदनको आधारमा कार्यलयले किसानहरुलाई हाते ट्याक्टर र थ्रेसर मेसिन बितरण गरेकोे वरिष्ठ कृषि विकास अधिकृत महेन्द्र राज कौडालले बताए । यस अघि पनि महिला सहकारी तथा महिला समुहहरुलाई २२ वटा हाते ट्याक्टर वितरण गरिसकेको पनि कौडालले बताए ।

वरिष्ठ कृषि विकास अधिकृत कौडालले भने– “अधिकांश युवाहरु बैदेशिक रोजगारीमा जाने गरेकाले गाउँमा कृषि मजदुरको अभाव छ । यस अवश्थामा मजदुर अभावलाई हाते टया्क्टरले परिपूर्ति गर्न सहयोग गर्छ ।”

कृषिमा आधुनिकीकरण गर्न खेतबारी खनजोत गर्ने आधुनिक हाते ट्याक्टर तथा धान तथा गहुँ झार्ने मेसिन बितरण गरिएको होे । यस्ता कार्यक्रमले कृषिको ब्यवसायीकरण र आधुनिकीकरणका लागि किसानहरुलाई प्रोत्साहन गर्न सहयोग पु¥याऊने विश्वास लिईएको छ ।

गाउँघरमा गोरु र हली भेट्न पनि गाह्रो भएको छ, निलकण्ठ नगरपालिका ३ का भक्त बहादुर बस्नेतले भने–“हाते ट्याक्टर अनुदानमा पाएपछि खुशी छौं । गोरु र हली पाइहाले पनि महँगो छ । यो प्रयोगले भने थोरै जनशक्तिले धेरै काम गर्न सकिन्छ भन्ने अपेक्षा छ ।”

त्यस्तै पिडा १ गडुवालकी रिता अधिकारी भन्छिन्– “ एक जनाले त गोरु पाल्नै गाह्रो छ । घाँस–पानी भन्यो, गोठालो धाउनुप¥यो । फ्याट्ट कतै हिंडिहाल्न पनि नपाइने । त्यसैले ट्याक्टर न सजिलो । न छेउ कुना खन्नुपर्ने पिर, न घाँसपानीको । सजिलो पनि छिटो पनि ।”

पछिल्लो समय कृषि मजदुर अभाव भएपछि जिल्लामा खेतबारी बाँझिने क्रम बढ्दै गएको छ । हाते ट्याक्टरले खेतिबाली लगाउन, सुख्खा, हिलो र घाँसे जमिन भएका खेतबारी जोत्न र हिल्याउन समेत सकिने जनाइएको छ ।

About The Author

अन्य समाचारहरु: