Sat. Mar 15th, 2025

साउदीमा ६० जना नेपाली तलब नपाएर अलपत्र

saudi
२३ साउन, धादिङ – खाडी मुलुक जाने कामदारका लागि सरकारले फ्री भिसा फ्री टिकट लागु भएको बताइरहँदा लाखौं रकम तिरेर साउदी पुगेको नेपालीहरु अलपत्र परेका छन् ।

धन कमाउने मिठो सपना बोकेर रोजगारीका लागि साउदी गएका ६० जना नेपाली पाँच महिना देखि अलपत्र परेका हुन् । रियादस्थित साउदी युनाइटेड कम्पनीमा कार्यरत नेपालीले काम र तलव नपाएका हुन् ।

ट्रिपल स्टार म्यानपावर कम्पनीमा प्रतिव्यक्ति एक लाख देखि एक लाख ५० हजार रुपैयाँ बुझाएर साउदी पुगेका उनीहरुले गएको एक महिनाको मात्र तलब पाएका छन् । त्यसपछिको तलब नदिएपछि उनीहरु अलपत्र परेका हुन् ।

पीडित कामदारले तत्काल नेपाल फर्काउन वा अन्तै काम लगाइदिन आग्रह गरेका छन् । यता ट्रिपल स्टार म्यानपावर कम्पनीका सञ्चालक हरिकाजी गुरुङले सबै कामदार आफ्नो कम्पनीबाट नगएको र आफ्नो कम्पनीबाट गएका कामदारलाई अन्य कम्पनीमा सार्ने काम भैरहेको बताएका छन् ।

अहिले ८ जना बस्ने कोठामा ३० जना बसेका छन् । नअटेका भवनको छतमा बसेका छन् ।खाना, खाजाको टुँगो छैन । आफूसँग भएको पैसा सकिएको र कम्पनीले पनि नदिएपछि विजोग भएको पीडितहरु बताउँछन् ।

About The Author

अन्य समाचारहरु: