Thu. Mar 6th, 2025

नेविसंघको ११औँ महाधिवेशन आजदेखि

NSU२३ साउन धादिङ नेपाल विद्यार्थी सघको ११औँ महाधिवेशन आइतबारबाट राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी सभामा सुरु हुँदैछ ।

महाधिवेशनको नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विशेष समारोहका बीच दिउँसो उद्घाटन गर्ने कार्यक्रम छ ।
महाधिवेशनमा सहभागी हुन प्रायः सम्पूर्ण जिल्लाबाट प्रतिनिधि तथा पर्यवेक्षक राजधानीमा आइपुगिसकेका छन् ।

११ वटा जिल्लामा महाधिवेशन प्रतिनिधि छनोटमा धाँधली भएको भन्दै सानेपास्थित केन्द्रीय कार्यालयमा अनशन र धर्ना लगायतका विरोध कार्यक्रम गरिरहेको असन्तुष्ट पक्षलाई कार्यक्रम उद्घाटनअघि नै सहमतिमा ल्याउने प्रयास भइरहेको नेविसङ्घका प्रवक्ता यूपी लामिछानेले जानकारी दिए ।

सङ्घका विभिन्न पदमा उम्मेदवारी घोषणा गर्दै मतदानको अपेक्षाअनुरूप जिताउन आग्रहसहितका तुल, ब्यानर, पर्चा र पम्प्लेटहरूले भृकुटीमण्डप सजिएको छ ।

About The Author

अन्य समाचारहरु: