Thu. Mar 6th, 2025

प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवाबीच भेट

16072016025320Dahal_Deuwa-1000x0२२ साउन,  काठमाडौँ – सत्ता साझेदार प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेतृत्वबीच आन्दोलनरत तराई-मधेसवादी दलबीच भएका तीन बुँदे सहमति कार्यान्वयन लगायत विषयमा कुराकानी भएको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालबीच आज बिहान ती विषयमा कुराकानी भएको थियो । सभापति देउवाका निजी सचिव भानु देउवाका अनुसार प्रधानमन्त्री दाहाल आज बिहान सभापति देउवालाई भेट्न देउवा निवास बूढानीलकण्ठ पुगेका थिए ।

पछिल्लो राजनीतिक अवस्था, मन्त्रिमण्डल विस्तार, संविधान कार्यान्वयन र आन्दोलनरत मधेसवादी दलका बीच भएका तीनबुँदे सहमति कार्यान्वयन विषयमा छलफल गरेका थिए  । कांग्रेस र माओवादी केन्द्र तथा आन्दोलनरत मधेसवादी दलका बीच भएका तीन बुँदे सहमति कार्यान्वयन गर्न मन्त्रिपरिषद्को शुक्रबार बैठकले विभिन्न निर्णय गरिसकेको छ । रासस

About The Author

अन्य समाचारहरु: