Fri. Mar 14th, 2025

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

प्रकाशित मितिः २०७३/४/२१

नेपाल सरकार तथा स्वीस सरकार वीचको दुई पक्षीय सम्झौता अनुरुप, श्रम तथा रोजगार मन्त्रालय तथा हेल्भेटास स्वीस ईन्टरकोअपरेसन नेपालद्धारा संयुक्त रुपमा कार्यान्वयन गरिएको, सुरक्षित आप्रवासन परियोजना (Safer Migration Project), , “सामी” को लक्ष्य कसैलाई पनि वैदेशिक रोजगारीका लागि उत्साहित वा हतोत्साहित गर्ने नभई, वैदेशिक रोजगारीमा जाने निर्णय गरेका ब्यक्तिहरुको प्रयासलाई सुरक्षित  तथा उपलब्धि मूलक बनाउन सहयोग पु¥याउनु रहेको छ । आ.ब. २०७१।७२ देखि यस धादिङ जिल्लामा सञ्चालन गरिएको सामी परियोजना अन्तर्गतको विभिन्न क्रियाकलापहरुको कार्यान्वयन तथा सञ्चालनको लागि, साझेदार संस्था आवाज अभियान नेपाल अन्र्तगत निम्नानुसारको जनशतिmको आवश्यकता रहेको हुनाले अनुभवी नेपाली नागरिकहरुबाट तल उल्लेखित पदहरुका लागि दरखास्त आब्हान गरिएको छ ।

१. पद : लेखा तथा प्रशासन अधिकृत (आंशिक ५०%) (१ जना)
आवश्यक योग्यता तथा अनुभव :  व्यवस्थापन वा सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरी सम्वन्धित विषयमा कम्तीमा ३ वर्षको कार्यानुभव ।
कार्य अवधि : हाललाई  १६ जुलाई २०१६ देखि १५ जुलाई २०१७ सम्म ।
तलव तथा अन्य सुविधाः संस्थाको नियमानुसार,

आवश्यक कागजातहरुः माथि उल्लेखित योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले नेपाली नागरिकताको फोटोकपी, कम्तीमा पनि २ जना सन्दर्भ व्यक्तिहरुको नाम र सम्पर्क फोन नम्वर सहितको ब्यक्तिगत विवरण तथा शैक्षिक योग्यताको प्रमाणपत्रको फोटोकपी सहित, प्रष्ट रुपमा पद उल्लेख गरिएको निवेदन ।

नोटः प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरुलाई मात्र लिखित, मौखिक तथा प्रस्तुतीकरणको प्रक्रियामा समावेश गरिने छ । साझेदार संस्थाको निर्णय नै अन्तिम निर्णय हुनेछ । अवसरबाट बञ्चितिकरणमा परेका समुदायहरु खासगरी, महिला, दलित, जनजाती, मधेशी तथा अल्पसंख्यक वर्गका उम्मेदवारहरुको समावेशी करणको लागि सकारात्मक विभेदको प्रक्रृया अवलम्बन गरिने छ ।

दरखास्त दिने अन्तिम मिति : यो सूचना प्रकाशित भएको ७ दिन, (२०७३/४/२७ गते ५ः०० बजे) भित्र ।
विस्तृत जानकारीको लागि सम्पर्क ठेगाना : आवाज अभियान नेपाल, धादिङ फोन नं. ०१०— ५२०९६६
इमेल : awajaviyan@gmail.com

About The Author

अन्य समाचारहरु: