Wed. Mar 5th, 2025

धादिङमा ट्राफिकको राजश्व ५० प्रतिशत कम

case
२० साउन,  धादिङ – ट्राफिक नियम विपरित कार्य गर्नेबाट यस वर्ष ट्राफिक प्रहरीले धादिङमा १ करोड २५ लाख राजश्व संलकन गरेको छ ।

मादक पदार्थ सेवन गरी सवारी हाँक्ने चालक, यात्रुहरुलाई मनपरी भाडा असुल्ने, क्षमता भन्दा धेरै यात्रु र सामान बोक्ने सवारीका साधनको चालकहरुलाई गरेको कारवाहीबाट सो राजश्व संकलन गरिएको हो ।

पृथ्वी राजमार्ग अन्तर्गत मुग्लीन– खानीखोला र मलेखु धादिङबेसी सडकमा सवारी चेकजाँचको क्रममा ट्राफिक नियम विपरित भेटिएका र दुर्घटनामा परेका सवारीहरुबाट  जरिवाना स्वरुप राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका धादिङका प्रमुख मुरारी मिश्रले जानकारी दिए ।

ट्राफिक प्रहरीका अनुसार धादिङमा आर्थिक वर्ष २०७१/०७२ को तुलनामा ०७२/०७३ मा झण्डै ५० प्रतिशतले राजश्व संकलनमा कमी आएको छ । यसबाट तीन करोड राजश्व संकलन भएको थियो । यस तराईमा लामो समयसम्म चलेको आन्दोलन र भारतले गरेको नाकाबन्दिका कारण राजश्व संकलनमा कमी आएकोे हो ।

About The Author

अन्य समाचारहरु: